सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपालको सहज जीत

पोखरा न्यूज- २०, असोज ।

आइसिसि विश्व टिट्वान्टी क्वालिफायर एसिया क्षेत्र बी अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा मलेसिया माथि ८ विकेटको सहज जीत हासिल गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा टस जित्दै पहिले ब्याटिङ गरेको घरेलु टोलीलाई १९.३ ओभरमा १०० रनमा समेट्दै नेपालले जवाफमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य हासिल गर्यो । उत्कृष्ट बलिङ गरेको नेपालका लागि सन्दिप लामिछानेले ५ र सोमपाल कामीले ३ विकेट लिए । मलेसियाका सफिक सरिफको ४९ रनको योगदान नहुँदो त मलेसिया अझै कम योगफलमा समेटिने थियो ।

प्रतिउत्तरमा १०१ को झिनो लक्ष्य लिएर उत्रेको नेपालले सुरुआत भने खराब नै गर्यो । आरिफ सेखलाई १ रनमै र विनोद भण्डारीलाई १२ रनमा गुमाए पनि त्यसपछी कप्तान पारस खड्काले ५२(३७) र उपकप्तान ज्ञानेन्द्र मल्लले २७(२४) रनको पारी खेलेपछी नेपालले १२.४ ओभरमै सहज जीत प्राप्त गर्यो ।

यसअघिको म्यान्मारसँगको खेलमा पनि नेपालले ८ विकेटकै जीत हासिल गरेको थियो । नेपालले अब भोलि थाइल्यान्डसँग खेल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button