Pokhara News
Image default

बागलुङमा ज्येष्ठ नागरिकलाई पर्व भत्ता

पोखरा न्यूज – २५, असोज ।

गलकोट नगरपालिकाले ८५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई पर्व भत्ता दिने भएको छ । पचासी वर्ष पुगेका ज्येष्ठ नागरिकले वर्षेनी रु तीन हजार पाउनेछन् ।

लगत सङ्कलन भइरहेको र दशैँअगावै भत्ता बाँडिने नगरपालिकाका नगर प्रमुख भरत शर्मा गरैले बताए । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिलाई पर्व भत्ता दिने निर्णय नगरसभाबाट गरिएको हो । “लगत लिने काम अन्तिम चरणमा छ,” उनले भने । ज्येष्ठ नागरिकको जीवनयापन सहज गर्न भत्ता दिने निर्णय भएको गैरेको भनाइ छ ।

“ज्येष्ठ नागरिकको सेवा, सुविधाप्रति हामी संवेदनशील छौँ,” उनले भने । नियमित रुपमा पाउने अन्य सामाजिक सुरक्षा भत्ता वितरणलाई पनि सहज बनाइएको छ । नगरपालिकाले प्रसूति सेवाका लागि नगरबाहिर जानुपर्ने अवस्थामा महिलालाई यातायात खर्च दिने भएको छ । सदरमुकामसम्म आउन ट्याक्सी भाडाबापत रु तीन हजार उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

अन्य खबर

नेपाली कलाकारलाई अमेरिका प्यारो, ५०० बढीसँग ग्रिनकार्ड

रासस

घाँस दाउरा बेचेको आम्दानी विद्युतीकरणमा

रासस

स्याङ्जाको भिरकोट नगरपालिकालाई चार रोपनी जग्गादान

रासस