पोखराको सडकमा बलत्कारपछि हत्या सम्बन्धि नाटक प्रर्दशन

पोखरा न्यूज – २५, असोज ।

गण्डकी प्रदेश जनजागरण अभियानको आयोजनामा पोखरामा सडक नाटक प्रर्दशन गरिएको छ । पोखरा महेन्द्रपुलको सडकमा बलत्कारपछि हत्या सम्बन्धि नाटक प्रर्दशन गरिएको हो  ।

हत्या हिंसा सम्बन्धि सचेतना जगाउने उद्धेश्यले विहिबार पोखरामा सडक नाटक प्रदर्शन गरिएको अभियानका संयोजक जिता बरालले बताइन्।

पोखरामा निस्केको ¥याली सहितको सचेतना अभियानले सडक नाटक प्रर्दशन गरी आम जनतामा हत्या हिंसा गर्नु हुदैन भन्ने सन्देस दिनको लागि आफुहरुले सानो अभियान सुरु गरेको संयोजक बरालले बताइन्।

¥यालीमा स्टाफ नर्स, एयरहोष्टेज, विभिन्न संघ संस्थाका महिला तथा अधिकारकर्मी लगायतको सहभागित रहेको थियो । मादक पदार्थ सेवन गरी गाँउका बालिकाहरुलाई बलत्कार गरी हत्या भएका घटनाको चित्रण गर्दै कलाकारहरुले आगामी दिनमा  यस्ता अपराधि मानसिकता भएका बिरुद्ध आम जनतहरु एक हुनु पर्नेमा जोड दिएका हुन ।

¥यालीमा सहभागिले थाल र चम्चा बजाउदै महिला हिंसा अन्त्य गर, हत्यारालाई फाँसीको कानुनि व्यबस्थ गर लगायतका नारा देखिएका प्ले कार्ड समेत प्रर्दशन गरेका थिए ।

आफुहरुले हत्य, हिंसाको बारेमा जागरण गराउदै जनतामा जनचेतना जगाउने नगर, टोल टोलमा सडक नटक तथा ¥याली प्रर्दशन गर्ने कार्यक्रम रहेको संयोजक बरालले उल्लेख गरिन ।

उनले भनिन “समाजिक र शैक्षिक अभियानमा अब हामी लाग्नुपर्छ, अपराधिक मानसिकता भएकालाई बिषेश कानुनबाटै कडा भन्दा कडा  कारवाहीको व्यबस्था हुनुपर्छ । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button