पोखराबाट सुनौलीतर्फ जाँदै गरेको बस स्याङ्जामा दुर्घटना हुँदा १२ जना घाइते

पोखरा न्यूज – २५, असोज ।

पोखराबाट सुनौलीतर्फ जाँदै गरेको बस स्याङ्जामा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

सुनौलीतर्फ जाँदै गरेको लु १ ख ४८७७ नम्बरको बस बिहिबार स्याङ्जा पुतलीबजार नगरपालिका -११ बगालेथोकमा दुर्घटनामा  परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भिर घाइते भएका ३ जनाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान (पश्चिमान्चल क्षेत्रीय अस्पताल) मा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जनाएका छन् । पुरीका अनुसार बाकि ९ जना  घाइतेहरुको  जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको छ ।

बसको चक्का घुमाउने डण्डी (टाइरेट) फुस्कीएर दुर्घटना भएको बताइएको छ ।  प्रहरीले बस चालकलाई  नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button