फेवातालमा सम्पन्न खुल्ला पौडी प्रतियोगिताको उपाधि ओलम्पीयन शिरिषलाई

पोखरा तर्फ धनमानले जिते उपाधि

डीएनबी, पोखरा न्यूज – २६, असोज ।

पोखराको फेवातालमा शुक्रबार सम्पन्न भएको ८ औं खुल्ला पौडी प्रतियोगितामा ओलम्पीयन शिरिष गुरुङ्गले उपाधि जितेका छन । उनले निर्धारित दुई किलोमिटर ५ सय मिटरको दुरी २१ मिनेट ३२ ः ६७ सेकेण्डमा पुरा गरी उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन।

नेपाल आर्मीका शिरिषले दुइ बर्ष अघि ओलम्पीकमा सहभागि भई राष्ट्रिय रेकर्ड राख्न सफल भएका थिए । उनले जित संगै २५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे । दुई बर्ष अघि पोखरामा भएको प्रतियोगितामा समेत उनले उपाधि जितेका थिए भने त्यस अघि ४ बर्ष अघि भएको प्रतियोगितामा समेत उपले उपाधि जितेका हुन।

४० जना सहभागि भएको उक्त प्रतियोगितामा काठमाण्डौं डिएभि कलेजका वेदज्ञराज जोशी दोश्रो भए । कक्षा १२ मा अध्ययनरत जोशीले निर्धारित दुरी २१ मिनेट ३८ ः ३१ सेकेण्डमा पार गरेका थिए । उनले नगद १५ हजार प्राप्त गरे । यसै गरि काठमाण्डौं निसर्ग वाटिका माविका कक्षा ८ का बिद्यार्थी दिपाङ अवालेले निर्धारित दुरी २१ मिनेट ४२ ः ९२ सेकेण्डमा पुरा गर्दै तेश्रो हुदा उनले नगद १० हजार हात पारे ।

त्यसै गरी महिला तर्फ भएको उक्त प्रतियोगितामा प्रिमियर ईन्टरनेश्नल माविकी छात्रा उपास्ती महर्जन प्रथम भएकी छन। निर्धारित दुरी उनले २२ मिनेट ३३: ३५ सेकेण्डमा पार गरी उपाधि सहित १० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे । काठमाण्डौंका निर्सग वाटिकाका छात्रा समिरा शोभा थापा दोश्रो भईन भने प्रिमियर ईन्टरनेश्नल स्कुलकी शेवी महर्जन तेश्रो भईन। थापाले निर्धारित दुरी २३ मिनेट ५५ः९५ सेकेण्ड र महर्जनले भने २४ मिनेट ०५ः७७ सेकेण्डमा उक्त दुरी पार गरेकी हुन। दोश्रोले ८ हजार र तेश्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गरे ।

यसै गरि पोखरा तर्फको लागि आयोजना भएको प्रतिष्प्रर्धामा धनमान गुरुङ्ग प्रथम भएका छन। उनले निर्धारित दुरी २६ मिनेट ४८ः७४ सेकेण्डमा पार गर्दै उपाधि सहित ५ हजार प्राप्त गरे । कास्कीबाट सहभागि भएका ६ जना खेलाडीहरु मध्य अर्जुन गुरुङ दोश्रो र ठाकुर चौधरी तेश्रो भए । नेपालीले प्रतियोगितामा ३० मिनेट १८ः१० सेकेण्डमा दुरी पार गर्दा चौधरीले ३३ मिनेट ५६ः४९ सेकेण्डमा दुरी पार गरी क्रमशः ३ हजार र २ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा ५ जना विदेशी प्रतियोगिहरु सहभागि भएको कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेलले पोखरा न्यूजलाई बताए । नेपालमा हालसम्म जाडो मौसममा पनि पौडी प्रतियोगिता गर्नको लागि हिटिङ सुईमिङ पुल नहुदा खेलाडीहरुलाई नियमित अभ्यास गराउन कठिन भएको संघ कास्कीका सचिव एवं गण्डकी प्रदेशका प्रमुख प्रशिक्षक आनन्द कुवंरले बताए ।

विजयी खेलाडीहरुको टोलीलाई गण्डकी प्रदेशका सांसद राजिप पहारी, कास्कीका प्रहरी प्रमुख एस.पी.ओम बहादुर राना, डि.एस.पी. रविन्द्रमान गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button