पोखराको पर्यटक प्रबर्द्धन गर्न विभिन्न कार्यक्रम ल्याउनुपर्छ- सांसद पहारी

पोखरा न्यूज -२७, असोज ।

गण्डकी प्रदेशका सांसद राजिव पहारीले पोखराको पर्यटन प्रबर्द्धन गर्न विभिन्न कार्यक्रम ल्याउनु पर्ने बताए । पोखरा पर्यटन परिषदले शनिबार पोखरामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद पहारीले पर्यटनको सिजन सुरु भए पनि पोखरामा अपेक्षा गरे अनुरुप पर्यटकहरु नभित्रिएकोले पर्यटकलाई आकर्षण गर्न  विभिन्न कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका हुन।

उनले भने “अघिल्ला बर्षमा पर्यटनको सिजन सुरु भएसंगै पोखरामा पनि धेरै पर्यटकहरुको चहलपहल भएको देखिन्थ्यो तर यस बर्षको पर्यटनको मुख्य सिजन सुरु भएसंगै हिजोआज खासै पर्यटकहरुको चहलपहल देखिएको देखिदैन, यही अबस्थामा नेपाल सरकार र गण्डकी प्रदेश सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखेकोमा नसकिएला यस तर्फ हामी सवै समयमै जिम्मेवार हुनुपर्छ ।”

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखरा क्षेत्रको पर्यटन प्रबर्द्धन गर्न मार्गचित्र बनायर सवै एक भई लाग्न आग्रह गरे । परिषदका अध्यक्ष चिरन्जिवी पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रम संयोजक रामचन्द्र शर्मा, सचिव डिल्ली प्रसाद गौंतम लगायतले पर्यटनको बारेमा चर्चा गरेका थिए ।

नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ-दिपावलीको अवसरमा आयोजना भएको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा पोखराका पर्यटन सम्वद्ध विभिन्न संघ संस्थाका पदाधिकारी सहितका पोखराका विभिन्न संघ संस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button