पोखरामा दशैंको टिकाको दिन सशस्त्र प्रहरीले निशुल्क बस सेवा दिने

पोखरा न्यूज -२९, असोज । 

नेपालीहरुको महान चाड बडादशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपालले पोखरामा निशुल्क बस सञ्चालन गर्ने भएको छ ।

सशस्त्र प्रहरी बलको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनले  कात्तिक २ गते टिकाको दिन  पोखरामा निशुल्क बससेवा  सेवा दिन लागेको हो । बडादशैंको टिकाको दिन सर्वसाधारणको सुविधाका लागि निशुल्क बस सेवा सञ्चालन गर्न लागिएको तालिम शिक्षालयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र बस्नेतले जानकारी दिए । टिकाको दिन हुन सक्ने सार्वजनिक सवारी साधनको अभावलाई मध्यनजर गर्दै  निशुल्क बस सेवा दिन लागेको उनको भनाइ छ ।

पोखराका बिभिन्न क्षेत्रलाई रुट बनाएको सशस्त्र प्रहरी बलले  व्यानर सहितका २ वटा बस पोखराको सडक क्षेत्रमा संचालन गर्दैछ  । लामापाटनबाट बिहान १० बजे सर्वसाधारणको सेवाका लागि छुट्ने बस अमरसिंह, मुस्ताङ्गचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सृजनाचोक, न्युरोड, चिप्लेढुङ्गा, नदिपुर, बगर, रानीपौवाको रुटमा दिउसो ४ बजे सम्म चल्ने छ । ‘हामी पब्लिककै लागि हौं, दशैं तिहारमा पब्लिकलाई सेवा तथा सुरक्षा दिनु हाम्रो जिम्मेवारी हो’ सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक बस्नेतले भने ‘दशैं हामी पनि मान्छौं तर जनता हाम्रो पहिलो प्राथमिकता हो ।’

यसैगरी दशैंको अवधिभर हुन सक्ने कुनै पनि जोखिमका लागि तालिम शिक्षालयले एम्बुलेन्स को निशुल्क सेवा समेत प्रदान गर्ने भएको छ । एम्बुलेन्स आवश्यकताका जुनसुकै बेला तालिम शिक्षालयको हटलाइन नम्बरमा फोन गरेर सेवा लिन सकिने बस्नेत ले बताए ।

advertisement

एम्बुलेन्सका लागि हटलाइन नम्बर ९८५१२७२०६० र ९८५१२७२०१८ मा फोन गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

Close
Close
Close