रोकी राखेको ट्रकलाई ठक्कर दिँदा एकको मृत्यु

पोखरा न्यूज – २९, असोज ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा सवारी दुर्घटना हुँदा आज बिहान एक जनाको मृत्यु भएको छ ।

भैरहवाबाट पोखराका लागि छुटेको ग १ ख ४१६७ नं को ट्रकले बिग्रिएर रोकी राखेको ना १ ख १४१ नं को ट्रकलाई ठक्कर दिँदा सवारी साधन मर्मत गर्दै गरेका सहचालक नवलपरासी गैँडाकोट ढोडेनीका २० वर्षका धनबहादुर मगरको मृत्यु भएको हो । गम्भीर घाइते भएका मगरको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।

दुर्घटनामा परी ट्रक चालक ढोडेनीका वर्ष २७ का वसन्त भुजेल घाइते भएका छन् । घाइते भुजेलको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button