गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङद्धारा प्रदेशवासीलाई बडा दशैंको शुभकामना

डिएनबी, पोखरा न्यूज – १, कार्तिक ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृब्बीसुब्बा गुरुङले नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा सम्पुर्ण गण्डकी प्रदेश सहितका नेपालीहरुलाई शुभकामना सन्देस प्रवाह गर्नुभएको छ ।

पोखरा न्यूज सँग टेलिफोनमा बडा दशैंको शुभकामना सन्देस प्रवाह गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले धार्मिक सहिष्णुताको साथमा सामाजिक सदभाव कायम हुने गरी बडादशैं पर्व मनाउन सम्पुर्णमा आग्रह समेत गर्नूभएको छ । यसपालिको  दशैं आफ्नो जन्म घर लम्जुङमा पुगेर बाबु आमासंगै आफन्तसंगको भेटघाट गरी मनाउने योजना भएको मुख्य मन्त्रीले बताउनुभयो ।

यसपालि आफ्नी काकीको निधन भएकोले टिका नलगाउने बताउदै उहाँले गुरुङ समुदायको ल्होछार जस्तै वडा दशैं पर्व पनि महान पर्व भएको दाबी गर्नुभएको छ। दशैं पर्वले आफ्नो जिवन पद्धतीसंग प्रत्यक्ष प्रभाव पारेको बताउदै उहाँले दशैंको अवसरमा रोजगारको लागि विदेशीयकाहरु समेत घर फर्किने र  घर परिवार, समाजसंग भेटघाट हुने हुँदा  पुनः मिलन हुने महत्वपुर्ण पर्वको रुपमा गुरुङ समुदायले मनाउदै आएको बताउनु भयो ।

दशैं तथा तिहार पर्वको अवसरमा गण्डकी प्रदेश समन्वय परिषद बैठक, गण्डकी प्रदेशका बुद्धिजिबि, विज्ञ सहितको टोलीहरुसंग भावी योजनाको बारेमा छलफल गर्ने तयारी भएको बताउदै मुख्य मन्त्री गुरुङले संघिय सरकारबाट हालसम्म २० प्रतिशत पनि कर्मचारीहरु नआएकोले आफुहरुलाइ काम गर्न कठिनाई भएको गुनासो गर्नुभएको छ ।

पोखरा सवै सिजनमा पर्यटकहरुको आगमन हुने गरेको बताउदै उहाँले गत बर्षको तु्लनामा यस चालु आर्थिक बर्षमा पोखरामा बढी पर्यटक भित्रिने दाबी गर्नूभयो ।

गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धि हासिल गर्न गण्डकी प्रदेश सरकार कटिवद्ध भएको उहाँको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button