पोखरामा डेंगू संक्रमण देखिएसँगै सचेतना अभियान सुरु

डिएनबी, पोखरा न्यूज – १०, कार्तिक ।

पोखरामा डेंगू संक्रमण देखिएसँगै सचेतना अभियान सुरु गरिएको छ । असोज महिनाको पहिलो साता देखि नै पोखरामा केहीमा डेंगू संक्रमण देखिए पनि दशैं पर्व लगत्तै धेरै सङख्यामा डेंगू संक्रमण देखिएकाले पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले सचेतना अभियान सुरु गरेको हो ।

पोखरामा एक महिनामा २८ जनामा डेंगू संक्रमण देखिएसँगै उक्त रोगको जोखिमबाट महानगरवासीहरुलाई बचाउनको लागि महानगरपालिकाले वडाहरुमा सचेतना अभियान सुरु गरेको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका निर्देशक हेमन्त पौडेलले बताए । पोखरा महानगरपालिका वडा नम्बर ८ मा असोजको पहिलो सातामा दुई जनालाई डेंगू संक्रमण लागेको पुष्टि भएसँगै पोखराका विभिन्न हस्पिटलहरुमा उक्त संक्रमणका बिरामीहरुको खोजी गर्दै जादा हालसम्म गण्डकी मेडिकल कलेज, चरक मेमोरियल र फेवासिटी हस्पिटलमा उपचार गर्न पुगेका २८ जना बिरामीमा उक्त रोगको संक्रमण भेटिएको निर्देशक पौडेलले बताए । हाल पोखरामा भेटिएको डेंगू संक्रमण अति घातक रोग भने नभएको तर पुर्व सावधानी र सतर्क भने हुनु पर्नेमा उनको जोड छ ।

उनले भने “हामीले पोखरा महानगरपालिका वडा नम्बर ८ मा पहिलो पटक सचेतना जगाउँदै, पानीका भाडा खोज तलास गरी पानी नष्ट गर्ने काम गर्यौं, अब हामी पोखरा महानगरपालिकाका अन्य वडाहरुमा सचेतना जगाउने अभियानमा लाग्छौं । ” बर्षादको समय सकिएसँँगै हिउँदको समय सुरु हुने मौसममा सफा पानी कुनै खुल्ला भाडामा धेरै दिनसम्म राख्नाले वा कुनै स्थानमा नबग्ने गरी सफा पानी भए पनि उक्त स्थानमा लामखुट्टेले धेरै फुल पार्न सक्ने निर्देशक पौडेलले बताए ।

गण्डकी मेडिकल कलेजका मेडिसिन विभागिय प्रमुख डा.तिर्थलाल उपाध्यायले हालसम्म आफ्नो कलेजमा यस बर्ष १० जना डेंगूका बिरामी भेटिएको बताए । उनका अनुसार हालसम्म भेटिएका डेंगूका बिरामी मध्य अधिकाशं सामान्य उपचार पछि
घर फर्किएका छन्। डेंगू संक्रमणलाई समयमै रोकथाम गर्न नसके बढी रक्तश्राव भएर मानिसको ज्यान समेत जान सक्ने उनले दाबी गरे । पोखराको नागढुंगा क्षेत्रमा यसको बढी संक्रमण देखिएको उनले जनाए । पोखरामा करिब दुई बर्ष अघि २-३ जनामा डेंगू संक्रमण देखिएको थियो ।

गण्डकी प्रदेशको राजधानि पोखरामा डेंगूका बिरामी भेटिएसँगै प्रदेश सरकारले समेत चासो दिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक डा. तारा अधिकारीले पोखरामा डेंगू संक्रमण भेटिएसँगै प्रदेश सरकारले यस रोगको रोकथामको लागि पोखरा क्षेत्रमा सचेतना अभियानमा महानगरपालिकासँग सहकार्य गर्ने बताए । वान्ता हुने, शारीर कमजोर हुने, खानामा रुचि नहुने, शारीरमा साना साना राता दाना हुने जस्ता लक्षण देखिना साथ नजिकको अस्पतालमा उपचार गर्न उनले आग्रह गरे । लामखुट्टेबाट हुने डेंगू रोग नियन्त्रण तथा रोकथामका लागि समुदायमा अभियान चलाउने पनि उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button