मन्त्री केशव स्थापित पदबाट मुक्त

पोखरा न्यूज – १६, कार्तिक ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रवार नेपालको संविधानको धारा १६७ को उपधारा ६९ को अधिकार प्रयोग गरेर स्थापितलाई पदमुक्त गरेका हुन्। मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलले स्थापितलाई पदमुक्त गरिएको पुष्टि गरे।

प्रदेश मन्त्रिपरिषद् बैठकमा पदीय मर्यादाविपरीत अभद्रता र असक्षमता प्रदर्शनका साथै अनियमितता गरेको आरोपसहित मन्त्री स्थापितलाई पदमुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच पछिल्लो समयमा प्रदेशको राजधानी तोक्ने र प्रदेशको पूर्वाधार विकासका विषयमा विवाद उत्पन्न हुँदै आएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button