पोखराबाट दमौलीतर्फ जादै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक घाइते

पोखरा न्यूज – १८, कार्तिक ।

पोखराबाट दमौलीतर्फ जादै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्यादे गाउँपालिका -३ घुम्तिमा आइतबार ग ५ ख ३४६ नम्बरको बसले ग ६ प ६१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार ७१ बर्षीय यम बहादुर थापा घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका थापाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

प्रहरीले सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button