स्याङ्जामा ३ लाख ५६ हजार नगदसहित ६ जुवाडे पक्राउ

पोखरा न्यूज- २३, कार्तिक ।

स्याङ्जाको भीरकोट नगरपालिका–६ स्थित ईश्वर केसीको घरमा गए राति मादक पदार्थ सेवन गरी जुवा खेल्दै गरेका छ जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भीरकोट नगरपालिका–६ का सुवास रेग्मी, ईश्वर केसी, डिलबहादुर गोदार, भीरकोट–१ का राजचन्द्र थापा, यामलाल श्रेष्ठ र पुतलीबजार नगरपालिका–११ का योजन केसी रहेका छन् ।

गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा रु ३ लाख ५६ हजार ३०० र तास सहित उनीहरूलाई पक्राउ गरको हो ।

पक्राउ परेका जुवाडेहरूलाई कानूनबमोजिम कारवाही गरिने उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button