पोखरामा कृषक पुरस्कार अक्षयकोष

पोखरा न्यूज – ३०, कार्तिक ।

पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित हिमालय क्लबद्वारा सञ्चालन गर्ने गरी सावित्री लीलाधर अधिकारी स्मृति कृषक पुरस्कार अक्षयकोष स्थापना गरिएको छ ।

कृषि पेशामा युवा वर्गलाई आकर्षित गर्ने उद्देश्यले बाटुलेचौरका कृष्णप्रसाद अधिकारीले आफ्ना स्व आमा सावित्री र बुबा लीलाधर अधिकारीको स्मृतिमा पुरस्कार प्रदान गर्न रु ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् । क्लबद्वारा आज आयोजित रकम हस्तान्तरण कार्यक्रममा चितवनमा आयोजित खुला ब्याडमिन्टन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल खेलाडी विशाल बस्नेत र विधान अधिकारीलाई सम्मान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button