गोरखाको पालुङटारमा नेवाः घरबास

पोखरा न्यूज-३ , मंसिर ।

पालुङटार नगरपालिका–५ ठाँटीपोखरीको जौवारी टोलमा पहिलोपटक लिगलिग पालुङटार नेवाः घरबास सञ्चालनमा आएको छ । ठाँटीपोखरी नेवाः देय् दबुले नेवार समुदायको सात घरमा घरबासको शुरुआत गरेको हो ।

नेवाः देय् दबुका अध्यक्ष धनप्रसाद श्रेष्ठका अनुसार पालुङटार क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ‘घर साझेदारी गरौँ, खुशी बाडौैँ’ नाराका साथ घरबासको अवधारणा ल्याइएको हो । नेवाः घरबासमा आउने पर्यटकले बेलुकी नेवारी परिकारसहितको खाना, बिहानको खाजा र एकरात बास बस्नका लागि प्रतिव्यक्ति रु ९०० तिर्नुपर्ने छ । “पर्यटकले नेवारी संस्कृतिका बारेमा जान्न पाउनेछन्,” श्रेष्ठले भने ।

घरबास सञ्चालन गर्न नेवाः देय् दबुले ‘लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनी’सँग सहकार्य गरेको छ । घरबासको आम्दानीमध्ये स्थानीय समुदायले ८० प्रतिशत तथा इन्भेस्टमेन्ट कम्पनी र ठाँटीपोखरी नेवाः देय् दबुले १०-१० प्रतिशत लिने सहमति भएको सो कम्पनीका सञ्चालक किरण गिरीले बताए । “पाहुनाको आगमनसँगै घरबासलाई प्रवद्र्धन र विकास गर्दै लैजाने योजना छ,” उनले भने । घरबास सञ्चालन गर्न स्थानीय नेवार समुदायलार्ई विभिन्न नेवारी कला, संस्कृति तथा परिकार बनाउने तालीम दिइनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button