म्याग्दीको रघुगङ्गा जलविद्युत् पुग्ने पहुँचमार्ग निर्माण

पोखरा न्यूज- १७, मंसिर ।

म्याग्दीमा निर्माण हुन लागेको ४० मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको बाँध स्थलसम्म पुग्ने पहुँचमा निर्माण भएको छ ।

रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालदेखि पिप्ले मौवाफाँट, ४ नम्बर वडाको बुक्ल हुँदै दग्नाम र वडा नं ५ झिँको सिमानामा निर्माण हुन लागेको बाँधसम्म सडक पुर्याइएको हो ।

गत असारमा मौवाफाँटदेखि नयाँ मार्ग (ट्याक) खन्न शुरु गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्सले बाँधसम्म सडक पुर्याएको रघुगङ्गा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए ।

उनका अनुसार ११ किलोमिटर पहुँचमार्ग मध्य नौ किलोमिटर ९०० मिटर सडकको ट्याक खुलिसकेको छ । घुमाउने तालदेखि पिप्लेसम्म र गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि बाँधसम्म नयाँ ट्याक निर्माण भएको हो ।

पिप्लेदेखि मौवाफाँटसम्म यसअघि निर्माण गरिएको सडक विस्तार र स्तरोन्नति गरिएको छ । मूल सडकदेखि बुक्लमा रहने अडिट नं २ को सुरुङमा जाने ८१४ मध्य ७१४ मिटर सडकको ट्याक खुलिसकेको छ ।

२०७४ मङ्सिर ५ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनी ऋण लगानीकर्ता भारतीय एक्जीम बैंकको स्वीकृति पछि २०७५ जेठ १० गतेदेखि कार्यक्षेत्रमा परिचालन भएको थियो । जलविद्युत् आयोजनाले बाँधसम्म निर्माण गरेको सडक विस्तार गरेर पाखापानीको औला जोड्ने तयारी गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button