बन्दीपुर गाउँपालिकालाई ७० लाख बराबरको जग्गा दान

पोखरा न्यूज –२०, मंसिर ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान दिएकी छिन् । गाउँपालिकाको पशुपछी शाखाको नाममा करीब रु ७० लाख मूल्य बराबरको जग्गा दान गरेकी उनले मङ्गलबार उक्त जग्गा मालपोत कार्यालयबाट शाखाको नाममा नामसारी गरिदिएकी थिइन् ।

श्रेष्ठका छोरा चिरञ्जीवी श्रेष्ठले भनिन्, “जीवनमा केही योगदान गरौँ भन्ने भावना भएको हुँदा हामीले खुशी भएर किसानको हितका निम्ति जग्गा दान गरेका हौँ ।”गाउँपालिकाले उक्त जग्गामा करीब रु एक करोडको लागतमा पशु अस्पताल बनाउने सोचका साथ प्रक्रिया अघि बढाएको पशुपछी शाखाका प्रमुख रामबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले प्रदेश सरकारलाई उक्त अस्पताल बनाउनेबारे जानकारी गराइसकेको छ ।

उक्त गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले गाउँपालिकालाई जग्गा दान गरेर श्रेष्ठ परिवारले ठूलो गुन लगाएको बताए । “जग्गा अभावमा पशु अस्पताल बनाउन समस्या भइरहेकाबेला यस जग्गाले अब अस्पताल भवन निर्माणका लागि सहज बनाउनेछ”, उनले भने । उक्त गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या दिनप्रतिदिन बढ्दो भएको र तिनको उपचारका लागि अस्पताल नहुँदा समस्या हुँदै आएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button