पोखरामा पर्यटन प्रवर्द्धन गर्न काहुँ धरहरा महोत्सव हुने

डिएनबी,  पोखरा न्यूज – २०, मंसिर ।

पोखराको मुख्य बजार देखि करिब ६ किलोमिटरको दुरीमा रहेको पर्यटकीय क्षेत्र काहुँडाँडामा पर्यटकलाई आकर्षित गर्दै पर्यटन प्रवर्द्धन गर्न यही मंसिर २८ गते देखि पौष ९ गतेसम्म काहुँ धरहरा महोत्सव हुने भएको छ । काहुँ धरहरा तथा काहुँ डाँडाबाट बाट सुर्यदय,माछापुच्छ्रे र  अन्नपुर्ण लगायतका हिमश्रृखला, वनजंगल, सेतीनदी, लगायतका दृश्यवलोकन गर्न सकिने भएकोले सो  क्षेत्रको  पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले तेश्रो संस्करणको महोत्सव आयोजना गर्न लागेको विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

महोत्सवस्थल काहुँडाँडामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै पोखरा महानगरपालिका ११ का वडा अध्यक्ष मोहन प्रसाद बास्तोलाले पोखराका केही पर्यटन व्यवसायीहरुले काहुँडाँडालाई पर्यटकको गन्तव्यमा नराखेकोमा दुखः व्यक्त गर्दै आगामी दिनको प्याकेजमा काहुँ डाँडालाई समेत समेट्न आग्रह गरे । पोखराको महेन्द्रपुलबाट करिब ७ किलोमिटर टाडाको दुरीमा रहेको काहुँ डाँडाबाट हिमश्रृखला सहितको पोखराको मुख्य बजार, महानगरपालिकाका प्रायः सवै जसो वडाको अवलोकन गर्न सकिने भएको अध्यक्ष बास्तोलाले जनाए । उक्त महोत्सवबाट पर्यटकहरुलाई आकषर्ण गर्न सकिने उनको भनाई छ ।

जनकल्याण क्लबको आयोजना तथा फुलबारी क्लबको सह आयोजनामा संचालन हुने महोत्सवमा स्थानिय कृषि उपज प्रर्दशनी, फुड फेष्टीवल, सुचना मुलकका लगायतका ८० वटा स्टलहरु रहने भएको महोत्सव मुल समारोह समितिका संयोजक दिपक प्रसाद आचार्यले बताए । उनका अनुसार रेष्टुरेण्टका बाहेक अन्य व्यवसायीक प्रवर्द्धनका लागि केहि स्टल अझै अग्रिम बुकिङ हुन बाँकी रहेको छ । काँहु धरहरा महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

२०६२ र २०६५ सालमा आयोजना भएको महोत्सवबाट घाटा भएको हुदा र काहुँसम्म पुग्ने सडक सहज नभएको हुदा एक दशक पछि उक्त महोत्सव आयोजना गर्न लागेको महोत्सव मुल समारोह समितिका संयोजक आचार्यले बताए । संयोजक आचार्यले उक्त महोत्सवबाट आफुहरुले धेरै आर्थिक कारोवार भन्दा पोखरा महानगरपालिकाको मुख्य बजार क्षेत्रबाट नजिक भएको काहुँ क्षेत्रको समग्र पर्यटन प्रवर्द्धन गर्न भनि उक्त महोत्सवको तयारीमा सिंगो काहुँबासी जुटेको बताए । एन.एम.बी. बैंकको मुख्य प्रायोजनमा नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा उक्त महोत्सव हुने भएको हो । पोखराको दृष्यावोलकनको लागि उपयुक्त मानिए पनि ओझेलमा परेको काँहुलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको प्रचारप्रसार संयोजक दामोदर आचार्यले बताए । महोत्सवमा ८ किलोमिटर पर्वतीय दौड प्रतियोगिता समेत हुने भएको छ ।

त्यस्तै पोखराको ड्यामसाईड स्थित नेपाल पर्यटन बोर्ड देखि काहुँ डाँडासम्म साईक्लिङ प्रतियोगिता हुने भएको जनकल्याण क्लबका अध्यक्ष देब प्रसाद गुरुङले बताए । दुबै तर्फको विजेताले जनहि ५ हजार, उपविजेताले ३ हजार पुरस्कार प्राप्त गर्ने भएका छन।

राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिताका विजेतालाई ३० हजार उपविजेताले २० हजार, खुल्ला भजन चुड्का प्रतियोगितामा विजेतालाई २५ हजार उपविजेतालाई १५ हजार, खुल्ला रत्यौली गीत प्रतियोगितामा विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार, खुल्ला कविता प्रतियोगिताका बिजेताले ५ हजार पुरस्कार पाउने भएका छन। महोत्सवमा चित्रकला प्रतियोगिता समेत आयोजना हुने भएको छ । युवाहरुलाई लक्षित गरी लाईभ म्युजिक कन्सर्ट, स्थानीय सस्कृति तथा कलाको प्रदर्शनी, बाल उद्यान समेत महोत्सवमा रहने भएको छ । उक्त महोत्सवमा ८० हजार दर्शकले अवलोकन गर्ने आयोजकको जनाएको छ । काहुँ धरहरासम्म पुग्न अहिले पिच सडक निर्माण भएको छ । काहुँ समुन्द्री सतहबाट १ हजार ४ सय ६० मिटरको उचाईमा रहेको छ । २०२६ सालमा काँहु धरहरा निर्माण गरिएको हो ।

तत्कालिन समयमा अञ्चलाधिस नन्दबहादुर मल्ल र सामाजिक अभियान्ताको रुपमा स्व.मेजर बीरसिंह गुरुङको सक्रियतामा धरहरा निर्माण गरिएको थियो । धरहरा नजिकै पुर्वपट्टि काहुँकोट देउराली मन्दिर रहेको छ । एन.एम.बी. बैंक गण्डकी प्रदेशका उपप्रमुख अमृत बास्तोलाले काहुँ डाँडाको पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले आयोजना भएको महोत्सवमा मूख्य प्रायोजन गर्ने अवसरमा पाएकोमा खुसि व्यक्त गर्दै एन.एम.बी.बैंकले उत्कृष्ट वित्तीय  कारोवार गर्दै आएको बताए ।

उक्त महोत्सवको अवसरमा एक सय जना क्षमताको होम स्टे कार्यक्रम समेत संचालनको तयारी गरेको महोत्सवका सहसचिब राजेन्द्र आचार्यले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button