म्याग्दीको सामुदायिक विद्यालयलाई पाँच लाख सहयोग

पोखरा न्यूज- ०२, पुष ।

अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका देवेन्द्र पुर्जाले सामुदायिक विद्यालयलाई रु पाँच लाख सहयोग गरेका छन् । काफलडाँडाको थपना घर भई हाल हङकङमा बस्दै आएका पुर्जाले तीन विद्यालयलाई रु चार लाख ९९ हजार ६०५ सहयोग गर्नुभएको वडाध्यक्ष खमबहादुर गर्बुजाले जानकारी दिए ।

काफलडाँडा आधारभूत विद्यालयलाई रु तीन लाख ३३ हजार, राम्चेको देउराली आधारभूत विद्यालयलाई रु एक लाख ११ हजार १०० र जलजला गाउँपालिका–१ बाँसखर्कको ज्योतिमण्डल माविलाई रु ५५ हजार ५०५ सहयोग गरेका हुन् ।

आफ्नो जन्मथलो आएका पुर्जाले घरमै एक कार्यक्रमको आयोजना गरेर विद्यालयका प्रतिनिधिलाई नगद हस्तान्तरण गरेका थिए । पुर्जाले काफलडाँडाको सूर्याेदय युवा क्लबलाई रु ३५ हजार ५०० सहयोग गरेका छन् ।

आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक र भौतिक विकासमा मद्दत पुगोस् भनेर सहयोग गरेको पुर्जाले बताए । प्राप्त सहयोग निजी स्रोतका शिक्षकको तलबभत्ता, शैक्षिक गतिविधि र भौतिक पूर्वाधारको क्षेत्रमा परिचालन गरिने विद्यालयले जनाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button