पुर्व राजा शाहलाई पोखरामा स्वागत, दुई साता पोखरामै बस्ने

डिएनबी, पोखरा न्यूज- २, पुष ।

पूर्व राजा ज्ञानेन्द्र शाहलाई सोमबार पोखरामा स्वागत गरिएको छ । पूर्व रानी कोमल शाहसंगै हवाई मार्ग हुदै सोमबार करिब ११ः४० बजे पोखरा विमानस्थल आएका पुर्व राजा साहलाई पोखरामा राजवादी समर्थकहरुले फुलमाला तथा खादाले स्वागत गरेका हुन।

पुर्व राजा शाहलाई २१ केजीको फुलको माला सहित स्वागत गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य जनलाल पुनले बताए । पुर्व राजा शाह पुर्नरवाहली हुने दाबी गर्दै उनले संघियता नेपालमा कार्यन्वयन हुन निकै कठिन भएको जनाए ।

अग्रेंजी नयाँ बर्ष पोखरामा मनाउने लक्ष्यका साथ दुई साता पोखरामा विताउने भएका पुर्व राजा शाहले राजनीतिक कर्मीसँग भेटघाट तथा छलफल पछि पोखराका धार्मिक मठ मन्दिरमा समेत जाने कार्यक्रम रहेको बताईएको छ । उनी दोविल्लामा भर्खरै बनेको रिसोर्ट माउटेन ग्लोरीमा बस्ने भएका हुन। गणतन्त्रलाई फासि दे, राजा आउ देश बचाउ, गाँउमा के को हल्ला छ राजा ल्याउने सल्लाह छ लगायतका नारा लगाउदै राजावादीहरुले पोखरा विमानस्थलमा विहान ११ बजे देखि नारा जुसुल गर्दै आएका थिए । उनको स्वागतमा पन्च कन्या देखि बृद्धबृद्धाहरु समेत हात हातमा फुल माला लियर एक घण्टा भन्दा बढी समय लाईनमा बसेका थिए ।

पोखरा विमानस्थलदेखि सुरु भएको राजावादीको स्वागत लाईन पोखराको मुस्ताङचोकसम्म रहेको थियो । मानिसको ठुलो भिड भएको कारण संचारकर्मीहरुले पुर्व राजा शाहको तष्विर तथा भिडियो लिन निकै कठिन भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button