पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

पोखरा न्यूज – ०८, पुष ।

पोखरा- २५ हेम्जा मिलनचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परि अर्का एक युवक घाइते भएका छन् ।

आइतबार भएको दुर्घटनामा मोटरसाइकल चालक पोखरा-२५ हेम्जाका १८ बर्षिय आशिष कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्काभेटरसँग  मोटरसाईकल ठक्कर खांदा गम्भिर घाइते भएका कुँवरलाई उपचारको लागि अस्पताल लैजादै  गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए।

प्रनाउ पुरीका अनुसार दुर्घटनामा परि घाइते भएका मोटरसाइकलमा सवार  १९ बर्षिय प्रविण पुनको  फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको छ ।

पोखरातर्फ आउँदै गरेको ग १४ प ८१५१ नम्बरको मोटरसाइकल सडकको छेउमा रोकी राखेको ना १ ख ७१६४ नम्बरको स्काभेटरमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button