स्याङ्जाका पूर्व सभापति अधिकारीको निधन

पोखरा न्यूज – ११, पुष ।

जिल्ला विकास समिति स्याङ्जाका पहिलो सभापति शिवकुमार अधिकारीको निधन भएको छ ।

२०४९ सालमा स्याङ्जा जिल्लाको पहिलो जिविस सभापति हुनुभएका अधिकारी ब्रेन ट्युमरबाट ग्रसित थिए । प्रजातन्त्र सेनानी अधिकारीको मङ्गलबार काठमाडौँमा ७८ वर्षको उमेरमा निधन भएको हो ।

२०१७ सालदेखि नेपाली राजनीतिमा सक्रिय रहनुभएका अधिकारी पटकपटक पक्राउ परी जेल जीवन बिताएका थिए । नेता अधिकारी नेपाली काङ्ग्रेसको महासमिति, महाधिवेशन प्रतिनिधि तथा काङ्ग्रेस स्याङ्जाको सचिव भएर राजनीतिमा सक्रिय थिए । स्व अधिकारीको आज स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रामनदीधामस्थित राम्दीमा अन्त्येष्टि गरिँदै छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button