पोखरा न्यूज- १९, पुष ।
पोखराको सिद्धार्थचोकस्थित स्काई ब्राण्डको सोरुम परिसरभित्र आजदेखि शिखर सुजको मेला शुरु भएको छ । शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले एक समारोहका विच मेलाको उद्घाटन गरेका थिए ।
मेला उद्घाटन गर्दै प्रसाईले मेलामा अविश्वसनीय मूल्यमा पोखरेलीलाई शिखरका जुत्ता उपलब्ध गराइने बताए । ‘मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुने छ। पोखरेलीलाई नेपाली जुत्ता सहज रुपमा उपलब्ध गराउन सेल मेला आयोजना गरिएको हो।’ उनले भने
उनले भने ‘शिखरले पोखरामा गर्ने एकल सेल मेला जुत्ता चप्पल किन्नेहरुका लागि निकै सस्तोमा लिने मौका हुनेछ । अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ता चप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन् । सम्भवत: पोखरामा यस्तो अवसर फेरि नआउन पनि सक्छ ।’
मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता तथा चप्पल उपलब्ध छन् । नयाँदेखि स्टकमा रहेका मेलामा महिलाका लागि उपयुक्त हुने जुत्ताचप्पल पनि राखिएका छन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता मेलामा उपलब्ध गराएको छ ।