म्याग्दीको तातोपानीमा ‘बाथ टब’ रिजर्भ गरेर नुहाउन पाइने

पोखरा न्यूज- २२, पुष ।

प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्न (डुब्न) आउने बिरामीलाई लक्षित गरी ‘बाथ टब’ निर्माण गरिएको छ ।

म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित तातोपानी कुण्डमा बिरामीको अत्यधिक चाप बढेसँगै पूर्वाधार विस्तार गर्ने क्रम पनि बढिरहेको छ । विशेषगरी पछिल्लो समय विदेशी पर्यटक र नेपालका विशिष्ट व्यक्ति कुण्डमा नुहाउन आउने क्रम बढेपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले पूर्वाधार निर्माणलाई तीव्रता दिएको हो ।

यही क्रममा कुण्ड बाहिर रहेका तातोपानीका धाराहरु नजिक ‘मिनी कुण्ड’ र मुख्य कुण्डभित्र विशिष्ट व्यक्तिहरुलाई लक्षित गरी ‘बाथ टब’ को निर्माणकार्य अन्तिम चरणमा पुगेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । अध्यक्ष शाक्यका अनुसार नयाँ निर्माण गरिएका कुण्ड (पोखरी)हरुलाई रिजर्भ गरेर समेत नुहाउन सकिने व्यवस्था गरिएको छ । नयाँ कुण्डमा एक पटकमा २५ जनासम्मले नुहाउन सक्नेछन् । परिवार र साथीभाइसँग आउने व्यक्तिले कुण्ड रिजर्भ गरेर नुहाउन सक्ने उहाँको भनाइ रहेको छ । बाथ टबमा प्रतिघण्टा प्रतिव्यक्ति रु २०० शुल्क तोकिएको छ ।

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close