पोखरामा स्कुटर र मोटरसाइकल ठक्कर खाँदा ३ जना घाइते

पोखरा न्यूज-२२, पौष ।

पोखरामा आइतबार स्कुटर  र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा तिन जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका – सरस्वती स्कुल अगाडी ग८प ३३४४ नम्बरको स्कुटर र ग१०प ८००६ नम्बरको  मोटरसाइकल एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार तिन जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि पोखरा-१३ संगम टोलका ५७ बर्षीय प्रत घले, ५३ बर्षीय यमकाशी घले र ६ बर्षीय बालक  एल घले घाइते भएको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए  । पुरीका अनुसार घाइतेहरुको  पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ।

सवारी साधन र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button