गण्डकी प्रदेशमा शिक्षा ऐन र नियमावली बन्दै: उपसभामुख शर्मा

पोखरा न्यूज- २९, पुष ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले हरेक बालबालिकालाई शिक्षाको ज्योति छर्ने जिम्मेवारी सरकारको रहेको बताएकी छिन् ।

नारी जागरण अभियान पोखराको समन्वयमा तनहुँ देवघाट गाउँपालिका–२ खानीभित्तास्थित लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई आज न्यानो कपडा वितरण गर्दै उनले भनीन्, “ हरेक बालबालिकालाई शिक्षाको ज्योति छर्ने दिशातर्फ सरकार अगाडि बढिरहेको छ ।”

उपसभामुख शर्माले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन विशेष अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिदैं यो प्रदेशमा शिक्षा ऐन र नियमावली बन्ने तयारीमा रहेको जानकारी दिइन् । गण्डकी प्रदेशमा अठार कानून निर्माण भइसकेको र दुई कानून टेबल हुने तयारीमा रहेको पनि उनले जानकारी दिइन् ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले दुर्गम ठाउँमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्नु सबैको साझा कर्तव्य भएको बताए। कार्यक्रममा विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीलाई स्वेटर र टोपी वितरण गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button