ढुंगेसाँघु मेलामा भक्तजनको उत्साहजनक सहभागिता

भिडभाडमा सुनको सिक्रि चोर्न खोज्ने दुई पक्राउ

पोखरा न्यूज- ०१, माघ ।

माघे सक्रान्तिको अवसरमा पोखराको पवित्र एवं धार्मिक तीर्थ स्थल ढुंगेसाँघु सितापाईलामा मंगलबार भक्तजनहरुको उत्साहजनक सहभागिता देखियो ।

ढुंगेसाँघुमा लागेको हाट बजारमा मनाङ, मुस्ताङमा पाईने जम्मु सहितका विभिन्न घरायासी, हस्तकला एवं दैनिक उपभोग्य बस्तु पाइने भएपछि अत्याधिक भिड लागेको थियो । सेतीनदीमा स्नान गर्ने देखि लिएर हस्तकला एवं दैनिक उपभोग्य बस्तु किन्नेहरु एकसाथ उत्रदा ढुंगेसाँघु क्षेत्रमा अझ भिड भएको थियो । बिहान देखि बेलुकासम्म व्यापार सँगै हाट बजारमा विभिन्न खेलहरुले पनि रौनक थपेका थिए ।  हाट बजारमा जुवा शैलीमा रकम अशुल्दै गरेको दृश्य समेत देखिएको थियो । झण्डी बुर्जालगायतका अन्य जुवा शैलीका खेलमा सहभागी हुँदा हाट बजारमा पुगेकाहरुले पैसासमेत हारेका थिए ।

हाट बजारमा उपभोग्य वस्तुको व्यापार साथै विभिन्न पिङ एवं कराँते प्रतियोगिता, भजन चुड्का लगायतका कार्यक्रम रहेका थिए । हाट बजार करिब एक किलोमिटरसम्म रहेकोले सवारी साधनहरु पटक पटक जाम हुँदा ट्राफिक व्यबस्थापन गर्न ट्राफिक प्रहरीलाई दिन भरीजसो हम्मे हम्मे परेको थियो । हाट बजारमा विभिन्न छुट सहितका बस्तु बिक्रि भएको थियो ।

यता हाट बजारको भिडभाडमा मौका छोपेर मंगलबार सुन चोरी गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा विरगन्जका १८ बर्षीय रिजनराय यादव र पर्साका १८ बर्षीय विकास सिह रहेको वडा प्रहरी कार्यालय बैदानमका प्रहरी नायव उपरिक्षक नविन कार्कीले बताएका छन् । माघे संक्रान्तिको अवसरमा मानिसहरुको भिडभाडमा सुनको सिक्रि तान्दै गर्दा उनीहरुलाई चोरीको आरोपमा पक्राउ गरिएको डि.एस.पी. कार्कीले जनाए । हाट बजारमा दुई जनाको सुनको सिक्रि चोरी भएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button