‘व्यावसायिक र प्राविधिक शिक्षाले बेरोजगारी अन्त्य’

पोखरा न्यूज -२, माघ ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले व्यावसायिक र प्राविधिक शिक्षाले मात्रै बेरोजगार समस्या समाधान हुने बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित सरस्वती नमूना माविको ६०औँ वार्षिकोत्सवमा उनले वर्तमान शिक्षा नीतिमा आमूल परिवर्तन रहेकामा जोड दिँदै सामुदायिक विद्यालयलाई कसैको कमाई खाने भाँडो बनाउन नहुने धारणा व्यक्त गरे ।

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य आशा कोइरालाले वर्तमान शिक्षाले बेरोजगार उत्पादन गरेकाले यसलाई बिस्तारै हटाउँदै लैजानुपर्नेमा जोड दिए । सो अवसरमा विद्यालयमा कार्यरत उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो भने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button