पुलिस र एपीएफ राष्ट्रिय महिला भलिबलको उपाधिका लागी भिड्ने

पोखरा न्यूज – ०४, माघ ।

दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगितामा दुई विभागिय टिम नेपाल पुलिस र एपीएफ उपाधि नजिक पुगेका छन् । शुक्रवार भएको सेमिफाईनल खेलमा नेपाल पुलिसले प्रदेश ३ माथी ३–२ को रोमाञ्चक जित निकाल्यो ।

कोपीला उप्रेतीको कप्तानीमा कोर्टमा उत्रिएको पुलिसले स्टार खेलाडी प्रतिभा मालीको प्रदेश ३ बिरुद्ध पहिलो सेट १८–२५ले गुमाएको थियो । पुलिसले दोश्रो सेटमा उत्कृष्ट प्रदर्शन गदै २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो । प्रदेश ३ ले तेश्रो सेट २५–२३ ले कब्जा जमाएर २–१ को अग्रता लियो । दवाबमा परेको पुलिसले प्रदेश ३ लाई स्तब्ध बनाउदै चौथो र पाँचौं सेट २७–२५ र १५–७ ले आफ्नो पक्षमा पादै उपाधि नजिक पुग्न सफल भयो ।

पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको अर्को सेमिफाईनलमा एपीएफले गण्डकी प्रदेशलाई २५–८,२५–१८ र २५–११ को सोझो सेटमा हराउदै उपाधि नजिक पुगेको हो ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको संयोजनमा संचालन भइरहेको प्रतियोगितामा विजेता टिमले प्रथमले नगद रु.३ लाख ५० हजार, दोश्रोले १ लाख ७० हजार, तेश्रोले १ लाख र चौथोले सान्त्वना स्वरुप रु. ५० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

प्रतियोगिताका साथै अन्य उत्कृष्ट विधाहरुमा बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट सेटर, बेष्ट लिब्रो, वेष्ट प्रशिक्षकलाई जनही रु. ५ हजार र उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । फाईनल खेल शनिबार हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button