गण्डकी प्रदेशमा २ सय २३ होमस्टे

सबै भन्दा बढी स्याङजामा कम मनाङमा

डीएनबी, पोखरा न्यूज – ०९, माघ ।

गण्डकी प्रदेशमा २ सय २३ वटा भन्दा बन्दा बढी होमस्टे दर्ता भएका छन्।

गण्डकी प्रदेश सरकारले होमस्टे प्रबर्द्धन गर्न पूँजीगत अनुदान दिने भएपछि गण्डकी प्रदेशमा हाल २ सय २३ वटा होमस्टे दर्ता भएको गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशका ११ जिल्ला मध्य सबै भन्दा धेरै स्याङजामा ४३ र सबै भन्दा कम मनाङका २ वटा होमस्टेले पूँजीगत अनुदान पाउने आशामा मन्त्रालयमा आवेदन दिएको मन्त्रालयका शाखा अधिकृत राजेन्द्र प्याकुरेलले बताए ।

उनका अनुसार हाल म्याग्दीमा ९, गोर्खामा १४, तनहुँमा ४०, कास्कीमा २२, लमजुङमा २०, मुस्ताङमा ३, बागलुङमा १९, नवलपुर (पुर्व) मा ९ र पर्वतमा ४२ वटा होमस्टे रहेका छन् ।  उक्त सङख्याका होमस्टेले मन्त्रालयबाट पूंजिगत अनुदान पाउने आशामा आवेदन दिएका हुन् । मन्त्रालयले कम्तिमा ३ सय वटा होमस्टेलाई नमुना होमस्टेको रुपमा विकास गर्दै पुंजिगत अनुदान दिनको लागि ३० करोड बजेट समेत विनियोजन गरेको छ।

मन्त्रालयले प्रति होमस्टेलाई पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले ५ लाख देखि १५ लाखसम्म पूंजिगत अनुदान दिने तयारी गरेको छ ।  गण्डकी प्रदेश सरकारले यस बर्षमा ३ सय वटा होमस्टे बनाउने लक्ष्यका साथ पूँजीमा समेत अनुदान दिने भए पछि प्रदेशका पर्यटकीय गाँउमा पर्यटन प्रबद्र्धन गर्न घर गाँउमा धमाधम होमस्टे दर्ता गर्न थालेका हुन्। पहिलो चरणमा एक सय ६९ वटा होमस्टेले आवदेन दिए भने दोश्रो पटक माग गर्दा ५४ वटा थप होमस्टेले आवेदन दिएको मन्त्रालयका एक कर्मचारी तुल्सीराम शर्माले बताए ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले होमस्टे संचालन कार्यविधि २०७५ ल्याएसंगै होमस्टे दर्ता प्रकृया सहज र स्थानिय गाँउपालिका तथा नगरपालिकामा दर्ता हुने भए पनि होमस्टे दर्ता हुने क्रम बढेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button