पोखराबाट काँग्रेस नेताको चेतावनी : सरकार नसुध्रिए आन्दोलनबाट हटाउछौ

निर्मलाको हत्यारालाई र वाईडवडिमा भ्रष्टचार गर्नेलाई कारवाहीको माग

डिएनबी, पोखरा न्यूज – ११, माघ ।

अहिलेको सरकार नसुध्रिए आन्दोलनबाट हटाउने काँग्रेस नेताले पोखराबाट चेतावनी दिएकाछन् । शुक्रबार पोखरामा नेपाल तरुण दल गण्डकी प्रदेश स्तरिय बृहत बिरोध प्रदर्शनमा सहभागि हुदै काँग्रेस नेताले अहिलेको सरकारले दुई तिहाइको दम्भ देखाउदै संविधानको धर्म, मर्म विपरित र संबैधानिक बाटो विपरित बलमिचाह प्रबृत्ति देखाएको भन्दै काँग्रेस नेताहरुले वर्तमान सरकार नसुध्रिएको खण्डमा सरकार हटाउने चेतावनी दिएका हुन् ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले वर्तमान दुई तिहाइको कम्युनिष्ट सरकारले संविधानलाई कुल्चियर अन्य पार्टी र तरुण दललाई घेरावन्दी गरे आफुहरुले सडकबाटै सशक्त आन्दोलन गरी सरकारबाट हटाई छाड्ने दाबी गरे । देशमा कम्यूनिष्टको अधिनायकवाद अझ बढी हावी भए, त्यसको बिरुद्ध आफुहरु प्रतिवाद गरी वलिदान दिन समेत तयार रहेको उनको भनाई थियो । नेपाल काँग्रेस महाधिवेसनबाट एक भएकोले काँग्रेस गाँउ, नगरमा एक हुने क्रममा रहेको उल्लेख गर्दै उनले अब काँग्रेसलाई कम नठान्न चेतावनी दिए ।

उनले निमर्लाको हत्यामा संलग्न व्यक्ति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारी सहितका वाईडवडिमा संलग्न भ्रष्टचारीहरु माथि कारवाहीको माग समेत गरे । उनले भने “ मैले पोखराका रविन्द्र अधिकारीलाई दाईको रुपमा मान्थे, पोखरा आउदा उनलाई दाई के छ भनी फोन गर्थे तर वाईडवडि काण्डमा उनले नसोचेको भ्रष्टचार गरेकोले अब देखि उनलाई मैले फोन गर्न छाडे । ” अहिलेको सरकारले मेलम्चि खानेपानी, ३३ केजी सुन, गाडी खरिद लगायतमा अबौं भ्रष्टचार गरेको उनको आरोप छ ।

गण्डकी प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले कम्यूनिष्टको अधिनायकवाद बिरुद्ध तरुण दलले थालेको आन्दोलनमा आफुहरुको पुर्ण साथ रहेको उल्लेख गर्दै अहिलेको सरकारले संसदीय दलको मुल्य मान्यता समेत पालना नगरेको आरोप लगाए । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले वर्तमान सरकारलाई एक पटक सुध्रिनको लागि आफुहरुले खबरदारी गरेको बताए ।

तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाईले प्रहरी प्रशासनले समेत काँग्रेस र तरुण दल बिरुद्ध अभद्र व्यवहार गर्ने गरेको गुनासो गरे । अहिलेको सरकारले ठेकेदार प्रथालाई प्रशय दिएको उनले दाबी गरे । तरुण दलका महासचिव भुपेन्द्रजंग साहीले अहिलेको सरकारले सर्वै जनता समक्ष नुन पनि पु¥याउन नसकेको तर प्रधानमन्त्री ओली र प्रचण्डले ३३ केजी सुन खाएको आरोप लगाए । कोषाअध्यक्ष बिद्वान गुरुङले भ्रष्टचारी नेतालाई पोखरामा कालो मोसो लगाउनु पर्ने बताए । तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा सम्पन्न भएको बिरोध ¥यालीमा तरुण दल लमजुङका अध्यक्ष रमेश पाण्डे, पर्वतका अध्यक्ष राजमल्ल ठकुरी लगायतले सरकारको आलोचना गरेका थिए ।

पोखराको विपिचोक चिप्लेढुंगाबाट सूरु भएको बिरोध ¥याली, न्यूरोड, सभागृहचोक हुदै पृथ्बीचोकमा पुगेर सभामा परिणत भएको थियो । “कम्युनिष्ट सरकारको चमत्कार–महंगी, वलत्कार र भ्रष्टचार” नाराका साथ विहान ११ बजे देखि ¥याली सूरु हुने भने पनि करिब डेढ घण्टा जसो ढिलो ¥याली सुरु हुदा सडकमा ओहोर दोहोर गर्न सर्वसाधारणलाई केहि समय कठिनाई भएको थियो ।

नो हर्न जोन पोखरामा ¥यालीको अवसरमा हर्न समेत जथाभावी बजाईएको थियो । केही समय पृथ्बीचोकमा सडक जाम समेत भएको थियो भने केही सवारी साधनलाई ट्राफिक प्रहरीले व्याबस्थापन गरी अर्को बाटो पठाएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button