कवि शिरोमणी आधारभूत विद्यालयको ५६ औं स्थापना दिवस सम्पन्न

पोखरा न्यूज – १९, माघ ।

कविशिरोमणी आधारभूत विद्यालयपोखरा महानगरपालिका वडा नं २७ को ५६ औं स्थापना दिवस शनिवार विविध कार्यक्रमको आयोजना गरी मनाईयो । हाल अंग्रेजी माध्यम वाट पठनपाठन संचालनमा ल्याएसँगै अहिले उक्त विद्यालयमा ४३ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

समारोहको उद्घाटन गर्दै वडा नं २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङले शिक्षकको सानो प्रयासले पनी सरकारी विद्यालयको शैक्षिक स्तरलाई माथीउकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनमिलेर ल्याएको शैक्षिक योजनालाई वडाले सहयोग गर्ने वताउदै वडाध्यक्ष गुरुङले आफ्ना छोराछोरी लाई सरकारी विद्यालयमा पढाउन पठाउन अभिभावकहरुसँग आग्रह समेत गरे ।

‘सरकारी विद्यालयमा छोराछोरी पठाउनुहोस, शैक्षिक गुणस्तर कायम गर्न वडा शिक्षा समितितयार छ । स्थानीयतहमा वडाध्यक्षकै नेतृत्वमा स्थानीय शिक्षा समिति रहेको छ । अर्चलेको वृहत्तर विकासमाआफु लागी परेको भन्दै उनले यसका लागी सहयोग गर्न सवैसँग आग्रह गरे ।

लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्षएवं समाजसेवी चतुराखर अधिकारीले विद्यालयको शैक्षिकएवं भौतिक पुर्वाधार विकासका लागी सबैले आ-आफ्नो ठाउंवाट सहयोग गर्नुपर्नेमा जोड दिए । विद्यालयका प्रधानाध्यापक सुर्य वाग्लेले आर्थिक वर्ष २०७४।०७५ को वार्षिक आय-व्यय विवरण प्रस्तुत गरे ।

सो अवसरमा विद्यालयका पुर्व विद्यार्थी एवं समाजसेवी सुर्यमणि लामिछानेले आफ्नो जन्मदिनको अवसरमानगद रु १५ हजार विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष ज्ञानेन्द्र पौडेललाई हस्तान्तरण गरेर जन्म दिन मनाएका छन् । यसैगरी समाजसेवी प्रमोद पौडेलले एक थान दराज , पुर्व विद्यार्थी दिनेश मणी लामिछानेले नगद रु १० हजार र हरि प्रिया पौडेलले नगद रु १५ हजार दुई सय दुई रुपैयाँ विद्यालयलाई प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतीक कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यालयको शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक वेदनाथ अधिकारीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button