रेष्टुरेन्ट हड्ताल सफल पारौ भन्दै पोखरामा प्रदर्शन

पोखरा न्यूज – २२, माघ ।

दश प्रतिशत सेवा शुल्क लागु नभए भोलि बुधबारबाट हड्तालमा उत्रिने चेतावनी दिएका रेष्टुरेण्ट मजदुरहरुले रेष्टुरेन्ट हड्ताल सफल पारौ भन्दै पोखरामा प्रदर्शन  गरेका छन्।

रेष्टुरेण्ट मजदुरहरुले भोलिदेखि गरिने हड्ताल सफल पारौ, सामाजिक सुरक्षा लागु गर, नयाँ श्रम ऐन लागु गर मजदुरमारा व्यावसायीहरु होसियार लगायतका प्लेकार्ड बोकेर लेकसाइड स्थित सडक श्रेत्रमा प्रदर्शन गरेका हुन् ।

यसअघी मंगलबारबाट हड्तालमा उत्रिने चेतावनी दिएका मजदुरहरुले एक दिन समय थप गरी मंगलबार साझसम्म रेष्टुरेण्ट व्यवसायीहरुले आफुहरुको माग पुरा नगरे बुधबार देखि हड्तालमा उत्रिने चेतानवी दिएका थिए ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान)ले एकतर्फी गैरकानुनी रुपले सेवा शुल्क खारेज सम्बन्धी भ्रमपूर्ण विज्ञप्ती प्रकाशन गरेको भन्दै अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरा मजदुर युनियन र नेपाल पर्यटन तथा होटल संम्बद्ध श्रमिक संघठन र श्रमिकहरु आन्दोलित भएका हुन्  ।

सेवा शुल्क विवादबारे छलफल गर्न सरकारले आजै व्यवसायी र ट्रेड युनियनका प्रतिनिधिलाई बोलाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button