अपुग क्षमताका कारण सरकारले अपेक्षाकृत काम गर्न सकेन : संयोजक डा. भट्टराई

डिएनबी, पोखरा न्यूज- ०३ फागुन ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संघीय सरकार गठनको एक बर्ष पुग्दा पनि जनताले महशुस हुने गरी सरकारले काम गर्न नसकेको बताएका छन् ।

संसदीय पत्रकार मञ्च, गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै संयोजक भट्टराईले अपुग क्षमताका कारण सरकारले अपेक्षाकृत काम गर्न नसकेको बताएका हुन्। उनले भने “ अहिलेका सरकार प्रमुखका क्षमता अपुग भएको, नयाँ कुरा सिक्न अलि अनिच्छा भएको जस्तो मान्छु, त्यसले गर्दा खेरि चाहि सरकारले अपेक्षित काम गर्न सकेको छैन्, शान्ति सुरक्षामा निर्मला हत्या प्रकरण, त्यसमा प्रष्टै देखिन्छ मिलेमतो अथवा नेग्लिजेन्स, नियमपुर्वक कडा रुपमा कारवाही गरेर जानु पर्छ नी, दोषी उपर कारवाही गर्न नसक्नु, त्यसको निष्कर्षमा पुग्न नसक्नु ठुलो कमजोरी हो नि ।” वाईडवडि प्रकरण पनि गम्भीर भ्रष्टचारको ज्वलन्त उदाहरण भएको बताउदै संयोजक भट्टराईले संसदको सार्वजनिक लेखा समितिले उठान गरेको बिषयलाई समेत दुबै सत्ता र प्रतिपक्षकै सांसदहरुले गुपचुप पारेको दाबी गरे ।

जुन रुपमा हुनु पर्ने हो त्यो ढंगले विकासको गति लिन नसकेको उनको भनाई थियो । तीव्र आर्थिक विकासको गतिमा जानको लागि सरकार सुरुबाटै चुकेको संयोजक भट्टराईले जनाए । उनले भने “ आर्थिक विकास र समृद्धि हासिल गर्न पहिलाको ढंगले हिडेर पहिलाको काम गर्ने ढंगले निरन्तरता दिएर मात्रै पुग्दैन, नयाँ ढंगले सोच्नु पर्छ ।” नीति तथा कार्यक्रम ल्याउने वित्तिकै सरकारले नयाँ कुरा नल्याएकोमा उति वेलामै आफुले आलोचना गरेको उनले बताए ।

उनले भने “ मुख्य कुरा सुशासन कायम गर्ने, भ्रष्टचार अनियमिततालाई रोकेर शान्ति सुरक्षा जनतालाई प्रत्याभुत गराउने र निजी क्षेत्रसँगको समन्वयमा स्वदेशी र विदेशीबाट जुन रुपमा लगानी मैत्री वातावरण तयार गर्नु पर्ने थियो त्यसमा सरकार चुकेकै छ ।” असल राजनीति र समावेशी विकासमा लागि जनसंवाद यात्रा २०७५ मध्य पहाडी÷पुष्पलाल लोकमार्ग अभियानमा आफुहरु लागेको उनले प्रष्ट पारे । मध्य पहाडी क्षेत्रको आर्थिक विकास र समृद्धि हासिल गर्न आफुले उठाएको यो मुद्धालाई स्थापित गरी छाड्ने उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button