गण्डकी प्रदेश सरकारको बार्षिकोत्सव, संघियता बाहेक अब कुनै विकल्प छैन्

डिएनबी, पोखरा न्यूज- ०४, फागुन ।

मुलुकमा संघियता बाहेक अब कुनै विकल्प नभएको गण्डकी प्रदेश सरकारको प्रथम बार्षिकोत्सव समारोहमा बोल्ने वक्ताहरुले बताएका छन् ।  केन्द्रिकृत शासन प्रणालीबाट जनतालाई घर घरमा सिंह दरवारको सुविधा दिने गरी देश संघियताको कान्वयनमा गएसंगै केही संघियताका विरोधका स्वरहरु आए पनि अब मुकुल संघियताको कुनै विकल्प नभएको वक्ताहरुले बताएका हुन्।

गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले अब विकासको लागि सबै एक हुनु पर्नेमा जोड दिदै संघिय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा कसैले कसैलाई दोष दियर उम्किन नमिल्ने बताएका छन् । गण्डकी प्रदेश सरकारको प्रथम बार्षिकोत्सव समारोहमा बोल्दै प्रदेश प्रमुख कुँवरले एक बर्ष अघि शुन्य अबस्थाबाट स्थापना भएको प्रदेश सरकारले जे जति काम भएको भए पनि बधाई दिदै आगामी दिनमा थप उत्साहित भएर अघि बढ्न आग्रह गरे । अब सरकार याक्सनमा जानु पर्ने बताउदै प्रदेश प्रमुख कुंवरले संविधान राम्रोसंग अध्ययन गरी संविधान कान्वयन गर्न गराउन आग्रह गरे ।

विधिको शासन र समृद्धिलाई घर-घरमा पुराउने उद्धेश्यले पहिलो पटक संघियता लागु भएको देशमा जनताले अनुभुती गराउने गरी विकासको गतिलाई अब तीव्र पार्नुपर्ने उनको जोड थियो । उनले भने “संविधानलाई शिरमा राखेर सबैले आफ्नो जिम्मेवारी पुरा गर्नु होस, नैरास्यता नभई विकासको बाटोमा लम्कनुहोस, आखिर अब हामी फर्कियर कता जाने हाम्रो बाटो आर्थिक विकास र समृद्धि कै हो । ” तीन तहका सरकार बिचको समन्वयमा विकासको गति अघि बढाउनु पर्ने उनको भनाई छ ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले प्रदेश सरकार गठनको एक बर्षमा आफुहरुले उत्साहजनक रुपमा कानुन तथा निती निमार्णसंगै अब विकासको लागि आधार तयार पारेको बताए । अन्तरिम सरकारले संघिय सरकारलाई जुन रुपमा दिनुपर्ने स्रोतसाधन तथा निती निमयहरु समयमै उपलब्ध गराउन नसक्दा आफुहरुको विकासको गति भने केहि सुस्त हुन गएको जनाए । सहकार्यको सिद्धान्तमा संघियता आएको बताउदै मुख्य मन्त्री गुरुङले एकताको लागि प्रदेश, मुख्य मन्त्री, स्थानिय सरकार बिच समेत प्रतिष्प्रर्धा हुने दाबी गरे ।

उनले भने “ अब हामी एक अर्को बिच समन्वय गर्दै आर्थिक विकास र समृद्धि हासिल गर्नको लागि खरो रुपमा प्रतिस्पर्धामा उर्तिनु पर्छ, संघियताको विकल्प छैन् ।” संघियताको अनुभव पहिलो पटक भएकोले एक बर्षमा जनताले देखिने ठ्याक्कै काम गर्न नसकेको तथा अलमलमा परे जस्तो देखिएको उनले बताए । मुख्य मन्त्री गुरुङले एक बर्षमा गरिएको प्रगती विवरण सहितको भावी कार्यक्रमको समेत योजना बताएका छन् ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले एक बर्षको कामको समिक्षा गर्दै संविधानको मर्म अनुसार अघि बढ्नु पर्नेमा जोड दिए । गण्डकी प्रदेश, प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले अहिलेको सरकारले जनतालाई शान्ति सुरक्षा दिन नसकेको, हत्या हिंसा, भ्रष्टचार, अपराधि गति विधि बढेको दाबी गरे ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मिराज पौडेल, जिल्ला समन्वय समिति स्याङजाका प्रमुख शिता सुन्दास, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइराला, तनहुँको म्याग्दे गाँउपालिकाका प्रमुख माया राना लगायतले वोलेका थिए । कार्यक्रममा घाँटु सहितको विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुतः गरिएको थियो । यसैबिच कर्मचारी सम्मान गर्ने भनि पुर्व घोषित कार्यक्रम आन्तरिक तयारी नपुगेर हाल स्थगित भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button