घुस खानेलाइ मात्र होइन दिनेलाई पनि कारबाही हुनुपर्छ – सांसद केसी

आयुक्त पाठकलाई घुस खुवाउने मुख्य योजनाकार भएको भन्दै आएको समाचारको खण्डन

पोखरा न्यूज – ०८, फागुन ।

नेपाली कांग्रेसका सांसद एवं उद्योगपती सुर्य बहादुर केसीले घुस खानेलाइ मात्र होइन दिनेलाई पनि कारबाही हुनुपर्ने बताएका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकसंग जोडेर केहि संचार माध्यममा आएको समाचारको खण्डन गर्दै आफुले कसैलाई घुस दिने काम नगरेको र  दिने जोसुकै भएपनि  त्यसलाई  कारवाही हुनुपर्ने बताएका हुन् ।आफु आयुक्त पाठकलाई घुस खुवाउने मुख्य योजनाकार भएको भन्दै आएको समाचारप्रति केसीले आपति समेत जनाएका छन् ।

बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै उनले भने “ मलाई राजनारायण पाठकको घुस प्रकरणसँग  जोडिएको रहेछ, म अख्तियारको पाठक भन्ने  चिन्दीन, मेरो कसैसँग एक कल फोनसम्पर्क पनि भएको छैन्, भेटेको पनि छैन्, कहाँबाट ल्यायर फोटो खिचेर हालेछन् ।”  उनले थपे – “घुस खान्या मात्र होइन दिन्या पनि दोषी हुन्छन त्यहाँ  कारवाही गरेहुन्छ  मलाई आपत्ति छैन्। ”

अख्तियारले  नियतबस  वाईडवडिको अरवौ  भ्रष्टचार भएको बिषयलाई मोड्न  साना साना कुरामा देशलाई अड्काउन् खोजेको हो भने चुप लागेर नबस्ने केसीले चेतावनी समेत दिए । उनले भने – ” ७८ लाखको कुरालाई ठुलो मुद्दा सिर्जना गरेर ५  अर्ब भन्दा बढीको  भ्रष्टचारलाई पचाउन खोजेको त हैन?, यति त्यस्तो हो भने जनता चुप लागेर बस्दैनन् ।” कसैको कसैको चरित्र हत्या गर्न नपाउने बताउदै सांसद केसीले यस अघि पनि अख्तियारले आफुलाई जलबिद्युतको बिषयमा दुःख दिएको भन्दै गुनासो गरे । उनले भने “ मेरो ३६ मेगावार्टको प्रोजेक्टमा मलाई वोलाएर, अख्तियारले के बाध्य पार्न खोजेको थियो भने त्यो वेलामा व्लाक मेलिङ गरेर प्रोजेक्ट छोड्न धम्की दिएको थियो । ” राम्रा राम्रा प्रोजेक्टहरु खोसेर आफ्ना मान्छेलाई अख्तियारले समेत पार्ने गरेको उनको उनले बताए ।

हाल सरकारको कारणले गर्दा विदेशी लगानी कर्ताहरुले पहिला दिएको वचन अनुसार लगानी नगरेको सांसद केसीको आरोप छ । उनले अहिले नेपाली युवा शक्ति पलायन बताए । केपी शर्मा ओली नेतृत्वका मन्त्रीहरुलाई विभिन्न काण्ड र भ्रष्टचारको आरोप लागे पछि ओली सरकारलाई सहयोग गर्न राजिनामा दिन उनले आग्रह समेत गरे । उनले भने “मेरो आदरणिय भाई मैले सारै मान्ने भाई, मैले सहयोग गरेको मान्छे हुनुहुन्थ्यो रविन्द्र अधिकारी ज्यू, उहाँले पनि यस्तो अबस्थामा अर्वैको भ्रष्टचार गरेको बिषयमा आरोप लगाए पछ् िकेपी सरकारलाइ सहयोग गर्न पनि बाहिर बसेर सहयोग गर्नुपर्ने हो, त्यो कुरामा उहाँ चुक्नु भएको छ ।” अख्तियार, जाचबुझ केन्द्र लगायतमा आफ्नै मान्छे भएको हुदा उनीहरुले यस बिषयमा गम्भिर नभएको उनको आरोप छ । प्रधानमन्त्री केपी शर्मा ओली वाहेक एमाले नेता र तराईवासी नेताहरुले न्यायिक स्वतन्त्रता, सार्वभौमसत्ता हनन हुने काम भएको सांसद केसीको आरोप छ । उनले भने “ जिल्ला तह देखि केन्द्र तहका न्यायलयहरुमा जनताले न्याय पाई रहेकाछैनन्, प्रोमोशनमा धम्का पर्छ भनेर न्यायलयमा कर्मचारीले उचित ढंगले काम गरेका छैनन्। ” न्यायलयहरु स्वतन्त्र छैनन पार्टीको प्रभावमा छन्। लोभ र पापले गर्दा न् यायिक स्वतन्त्र माथि हनन भएको छ । पार्टीको बहुमतको आधारमा न्यायधित नियुत्ति गर्दा न्यायलयहर पार्टी करण भएकाछन्। पार्टीको न्यायलय बनायर जनताले न्याय नपाउने उनले बताए । यसरी जनताको लागि न्यायलयमा पार्टीकरण बढ्दै गएमा विद्रोह सुरु हुन्छ ।

भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजका संस्थापक सञ्चालक लम्बोदर कुमार न्यौपानेसहितले आयुक्त पाठकलाई घुस खुवाएर भिडियो खिचाउने मुख्य योजनाकार सांसद केसी हुने भनि उनलाई आरोप लगाइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button