करिब ४ करोड लागतमा गोरखाको सूर्य ज्योति माविको भवन निर्माण सम्पन्न

पोखरा न्यूज – १५, फागुन ।

गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ ताकुकोटमा रु तीन करोड ८९ लाखको लागतमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ ।

भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको ताकुकोटमा रहेको सूर्य ज्योति माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का प्रमुख रामप्रसाद अधिकारीले जानकारी दिए ।

सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) गोरखाको समन्वयमा उक्त विद्यालयको भवन निर्माण भएको हो । नवनिर्मित विद्यालयको तीन वटा पक्की भवनमा २० वटा कक्षाकोठा रहेका छन् । भूकम्प प्रतिरोधी रहेको उक्त विद्यालय भवन अपाङ्गमैत्री र बालमैत्री रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नकुमार जोशीले जानकारी दिए ।

नवनिर्मित भवनमा छात्राछात्राका लागि सुविधा सम्पन्न शौचालयसमेत निर्माण गरिएको अध्यक्ष जोशीको भनाइ छ । भवन निर्माण नहुँदासम्म विद्यालयले अस्थायी टहरामा कक्षा सञ्चालन गर्दै आएको थियो । भवन निर्माण सम्पन्न भई सुविधा सम्पन्न भवनमा पढ्न पाउने भएपछि विद्यार्थी पनि खुशी भएका छन् ।

विसं २०७३ फागुन महीनामा निर्माण सम्झौता भई काम शुरु भएको विद्यालय भवन करीब दुई वर्षमा निर्माण सम्पन भएको विद्यालयले जनाएको छ । भूकम्पका कारण उक्त विद्यालयको चार वटा भवनका १६ वटा कोठा पूर्णरुपमा ध्वस्त भएको थियो ।

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close