सांसद श्रेष्ठको तलब खानेपानी आयोजनालाई

पोखरा न्यूज – १६, फागुन ।

तनहुँ निर्वाचन क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने तलबवापतको रु ५० हजार खानेपानी आयोजनालाई हस्तान्तरण गरेका छन् ।

व्यास नगरपालिका–९ छापस्थित झारलेङ्दी खानेपानी आयोजनालाई मोटर खरीद गर्न सांसद श्रेष्ठले रकम उपलब्ध गराएका हुन् । मोटर अभावमा खानेपानीको सुविधाबाट बञ्चित हुँदै आएको गुनासो स्थानीयवासीले गरेपछि आफूले राज्यबाट पाउने मासिक तलबवापतको रकममध्येबाट रु ५० हजार सहयोग गरेको सांसद श्रेष्ठले बताए ।

खानेपानी उपभोक्ता समूहका अध्यक्ष मधुमाया थापालाई रकम हस्तान्तरण गर्दै उनले आफू जिल्लाको विकास गर्न जनप्रतिनिधि भएको भन्दै अन्य केही समस्या भए आफूलाई जानकारी गराउन आग्रह गरे ।

सांसद श्रेष्ठले आफूले राज्यबाट पाउँदै आएको मासिक तलब भत्ता जिल्लाका सङ्घसंस्थालाई उपलब्ध गराउँदै आएका छन् । उनले खानेपानी योजना, विद्यालय, आमा समूह, मठमन्दिरलगायतका समूहलाई मासिक तलबवापत रकम उपलब्ध गराएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button