पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

पोखरा न्यूज – १८ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ ।

नेता अधिकारीको  शनिबार राति ९ः३५ मा धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा निधन भएको अस्पतालका मेडिकल डारेक्टर डा भाष्करराज पन्तले विज्ञप्तिमार्फत जानकारी गराएका छन्  ।  फोक्सो र मुटुको समस्याले ग्रसित नेता अधिकारी तीन सातादेखि ह्याम्स अस्पतालमा उपचाररत थिए ।

नेताअधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए  ।

तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा  बनेको ०५२ सालको  पहिलो कम्युनिस्ट सरकारमा अर्थमन्त्री हुँदा उनले बुढाबुढीलाई भत्ता दिन सुरु गरेका थिए । आफ्नो गाउँ आँफै  बनाऔँ जस्ता लोकप्रिय कार्यक्रम ल्याएका उनले बिभिन्न सरकारमा सामेल भइ  भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालय पनि सम्हालेका थिए  ।

 अधिकारी राज्य, सहकारी र नीजि क्षेत्रको तीन खम्बे अर्थनीति अंगिकार गर्नुपर्दछ भनेर आवाज उठाउने नेता समेत हुन्  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button