विहान क्याम्पस हिडेकी युवती पोखराको फेवातालमा मृत फेला

दीननाथ बराल

पोखरा न्यूज १९, फागुन ।

पोखराको फेवातालमा एक युवतीको शव भेटिएको छ । पोखरा ६ स्थित गौरीघाट फेवातालमा तैरिएर रहेको अबस्थामा एक युवतीको शव भेटिएको कास्की प्रहरीले जनाएको छ ।

कास्कीको अन्नपुर्ण गाँउपालिका २ स्थित ढिकुरपोखरीकी १९ बर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अबस्थामा प्रहरीले उनको शव भेटेको हो । नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज विहानै क्याम्पस जानको लागि घरबाट हिडेको बताइएको छ ।

फेवाताल किनारा देखि करिब ५ मिटर नजिक तालमै तैरिएको अबस्थामा उनको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख एवं (डि.एस.पी.) कोमल शाहले बताए ।

उनको शव हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमको शव गृहमा पोष्माटमको लागि राखिएको प्रहरी हवल्दार सुजन घिमिरेले बताए । गौरीघाटमा एउटा स्कुटर समेत भेटिएको र अधिकारीको साथमा रहेको चावी उक्त स्कुटरकै भएको बताइएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख एस.पी.ओम बहादुर रानाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button