पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एक बालक सहित २ जना घाइते

पोखरा न्यूज – ०५, चैत । पोखरामा मंगलबार प्याराग्लाइडिङ दुर्घटना हुँदा एक बालक सहित २ जना घाइते भएका छन् ।

पोखरा – १८ सराङकोटाबाट  ट्यान्डम उडान भरेको  ओपन स्काई प्याराग्लाइडिङ कम्पनिको ग्लाइडर खपौंदीमा ल्याण्ड गर्ने  दुर्घटना हुँदा  २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि चिनिया  पाइलट ५० बर्षीय  ALES WKRIEN र प्याराग्लाइडिङमा उडिरहेका सिंगापुरका नागरीक  ७ बर्षीय YANG GUANG ZE घाइते भएको  वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहले बताए । डिएसपी  शाहका अनुसार  घाइते दुबैको सामान्य अवस्थामा मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको  छ ।

खपौंदीमा ल्याण्ड गर्ने क्रममा ग्लाइडर बिजुलीको तारमा अड्किएर  दुर्घटना भएको  प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button