तनहुँको घाँसीकुवामा ट्रकको ठक्करबाट एकको मृत्यु

पोखरा न्यूज – ०९ , चैत । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवामा बिहान करिब १० बजे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको  छ ।

डुम्रेबाट दमौलीतर्फ आइरहेको ना ८ ख ३५२७ नम्बरको ट्रकले बिग्रिएर मर्मतका लागि रोकी राखेको ना १ क ६१४२ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो । उक्त ट्रकले सोही ठाउँमा बा १८ च ७७८७ नं को हाइलक्स र ग १६ प ११७५ नं को स्कुटरलाई समेत ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट चितवन टाँडीका सन्तोष राईको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । । ठेगाना नखुलेका किरण राई घाइते भएका छन् । उनको दुवै खट्टा र शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

प्रारम्भिक अनुसन्धानबाट ट्रकको एक्कासी ब्रेक फेल हुँदा दुर्घटना भएको तनहुँ प्रहरीले जनाएको छ । रोकि राखेको ट्रक उत्तानो परेको छ भने ठक्कर दिने ट्रकको अगाडि भाग क्षतिग्रस्त छ । हाइलक्सको पनि अगाडि भाग क्षतिग्रस्त भएको छ र  स्कुटरमा पनि  क्षति पुगेको छ।

ठक्कर दिने ट्रक चालक र सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button