१० करोड लगानीमा गण्डकी हस्पिटल पोखरामा अत्याधुनिक एमआरआई मेसिन

निजी हस्पिटलमा भन्दा करिब ५० प्रतिशत सस्तोमा सेवा

पोखरा न्यूज – १०, चैत । पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान) मा विभिन्न रोगहरु पहिचान गर्ने अत्याधुनिक एमआरआई. मेसिल संचालनमा आएको छ । गण्डकी प्रदेशका बिरामीहरुको नयाँ रोगहरु पक्ता लगाउने उद्धेश्यले उक्त मेसिन भित्राएसंगै हालै संचालनमा आएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धि बहादुर थापाले बताए ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको सहयोगमा उक्त मेसिन हस्पिटलमा उपलब्ध भएको हो । करिब १० करोडको लागतमा उक्त मेसिन हस्पिटलमा भित्रिएको हो । गरिब देखि मध्यम बर्गका धेरै जनताहरु स्वास्थ्य सेवा लिन सामुदायिक हस्पतालमै आउने हुदा उनीहरुलाई समय अनुसारको सेवा सुविधा दिन आफुहरु कटिवद्ध भएको उनले बताए । उनले भने “प्रतिष्ठानमा एम.आर.आई मेसिन आवश्यक भएकोमा हामीले माग गरे अनुसार मन्त्रालयबाट प्राप्त भएको छ, अब यहाँ सिटिस्क्यान मेसिन विग्रिएर थन्केकोले पुनः अर्को सिटिस्क्यान मेसिन आवश्यक छ । ” सिटिस्क्यान मेसिन बिग्रेका कारण उक्त मेसिन प्रयोग गर्न नपाउदा अस्पतालमा पुगेका धेरै विरामीहरुले हाल सास्तीसंगै चर्को शुल्क तिर्नुपर्ने समस्या रहेको छ ।

उक्त मेसिन प्रतिष्ठानमा भित्रिएसंगै यस गण्डकी प्रदेशका स्थानियलाई धेरै सहुलिय हुने भएको प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले बताए । उनका अनुसार प्रति व्यक्तिको एम.आर.आइ. गरेको न्यूनतम ५ हजार देखि ११ हजारसम्मको शुल्क लाग्ने छ । तर निजी हस्पतालमा भने प्रति व्यक्ति एम.आर आई. गरेको ९ हजार देखि २२ हजारसम्म लिने गरेको पाइन्छ । बिषेश गरी नसा सम्बन्धि, मांसपेशीका लगायतका बिरामीहरुको लागि उक्त मेसिन प्रयोग हुने भएको निर्देशक डा. आचार्यले बताए । सिटि स्क्यान मेसिनले स्क्यान गर्न नसकेको भागलाई उक्त मेसिनले स्क्यान गर्ने भएको उनले जनाए ।

फिलिप्स कम्पनीको  निमार्ण रहेको उक्त मेसिनको एक समारोहका बिच आइतबार नेपाल सरकारका उप–प्रधान तथा स्वास्थ्य तथा जनसङख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले सरकारी इकुपमेन्ट छिट्टै बिग्रिने समस्या धेरै ठाँउमा रहेको उल्लेख गर्दै पोखरामा भित्रिएको उक्त मेसिन दिगो रुपमा संचालन गर्न प्रतिष्ठानलाइ निर्देशन दिएकाछन्। उनले भने “ हामीसंग स्वास्थ्य क्षेत्रमा धेरै श्रोत साधनहरु कमि छ तर पनि हामीसंग भएको श्रोतसाधनलाई अधिकरुपमा प्रयोग गरी जनताको स्वास्थ्य सेवामा लाग्नु पर्छ ।”

स्वास्थ्य क्षेत्रमा हाल बजेटको ४.४ प्रतिशत मात्र बजेट विनियोजन हुने गरेको जसमध्य ४ प्रतिशत प्रशासनिक कर्मचारीमा खर्च हुने र बाँकी ०.४ प्रतिशतको बजेटले करिब ३ करोड जनताको स्वास्थ्यको पहुच पुराउन कठिन हुने उपप्रधान मन्त्री यादवको भनाई थियो । नमुना प्रतिष्ठान बनाउन सवैको साथ र सहयोग आवश्यक भएको उनले बताए ।

काठमाण्डौं पछिको स्वास्थ्य क्षेत्रको हर्बको रुपमा पोखरामा विकसित गर्नुपर्ने उप–प्रधान मन्त्री यादवको भनाई थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button