पोखरा न्यूज – १७, चैत । पोखरा – चलचित्रका गीतहरुबाट लोकप्रियताको शिखर चुमिरहेका गीतकार तथा संगीतकार दीपक सर्माको शब्द तथा संगीतमा रहेका खैत बुजेको बोलको गीत सार्बजनिक भएको छ ।
गायक थमन गुरुङ र निर्मला घिसीङको स्वरमा रेकर्ड भएको रोमान्टीक गीत‘खैत बुजेको शीर्षकको गीतको म्युजिक भिडियो ओएस आर डीजीटलबाट सार्वजनिक भएको हो।
छायांकार सरोज अधिकारीको छायंकन तथा निर्देशनमा तयार भयको भिडीयोमा मोडल मेलीसा खतिवडा र अनिल अधिकारीको अभिनय रहेको छ भने भिम विस्वकर्माको सम्पादन तथा सन्जीब रत्न साक्यले रङ समायोजन गरेका छन