जसुदाले गल्ती भएको भन्दै मागिन माफी, सबैको पैसा मिलाएर तिर्ने दाबी ( भिडियो सहित )

पोखरा न्यूज – २१, चैत । गत शनिबार पोखरा न्यूजले पोखरामा स्थानीयको करोडौं रकम ठगि गरेर महिला सम्पर्क बिहिन भन्ने समाचार प्रकाशित गर्यो ।  पोखरा न्यूज डटकममा उनको बिषयमा पहिलो पटक समाचार प्रकाशीत भएसंगै  पोखराका अन्य केही संचार माध्यममा समेत उनको समाचारले प्राथमिकता पायो ।

यथेष्ट प्रमाण र स्रोतका आधारमा प्रकाशित समाचार  नै गलत हो भन्दै आइतवार युटुब च्यानलहरुमा देखिएर धम्की दिएकी पोखरा गणेशटोल निवासी जसुदा पौडेलले ३ दिनमै आफुले गल्ति गरेको भन्दै  संचार माध्यम समक्ष माफी मागेकी छन् । समाचार  झुटो हो म भागेकी छैन भनेर युटुब भिडियोमा भनेकी उनले त्यहि भिडियोमा आफु ज्यान जोगाउन भागेको भन्दै अन्तर्वार्ता दिएकी थिईन । आफु नभागेको भन्दै समाचारको बिषयलाई लिएर युटुब मार्फत  मिडियालाई मुद्धा मामिला गर्ने सम्म बताएकी उनले त्यसपछि पनि मोबाइल अफनै राखेकी थिइन । आफुले चिनेको भाइ मार्फत अचेत अवस्थामा युटुबमा अन्तर्वाता दिएर आफुले गल्ती गरेको भन्दै बिहिबार पोखरा न्यूजको कार्यालयमै आएर उनले  माफी मागेकी हुन्।

जसुदाले आफुले व्यक्तिहरुसंग पैसा  लिएको स्विकार्दै केही दिन देखि आफ्ना कारोबारीसँग  सम्पर्कमा नहुनु आफ्नो गल्ती भएको र बिना सुझबुझ आक्रोशमा आई विभिन्न संचार माध्यमलाई झुटो समाचार भनि आरोप लगाएकोमा सम्पूर्ण मिडिया समक्ष माफि मागेकी हुन्। उनले बिहिबार माफी माग्दै बुधवार जारी गरेको एक विज्ञप्ति समेत देखाएकी छन् ।

पुर्वपतिका बिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा आवेग तथा वहकाउमा आई दर्ता गराएको उजुरी समेत फिर्ता लिएको पौडेलद्धारा हस्ताक्षरित उक्त  विज्ञप्तिमा उल्लेख गरिएको छ ।   विज्ञप्तीमा भनिएको  छ – ‘म जसुदा पौडेल विगत केहि दिन देखि घरपरिवार सँग फोन सम्पर्कमा नरहनु मेरो गल्ती हो । तथापी मिति २०७५ चैत्र १६ गते शनिबारको दिन मेरो नाम जोडिएर केहि अनलाईन मिडियामा म सम्पर्क विहिन र रकम हिनामिना गरेको भन्ने समाचारहरु छापिएकोमा मिति २०७५ चैत्र १७ गते आइतबार मैले आक्रोशमा आई मिडियालाई आरोप लगाएकोमा म सम्पूर्ण मिडिया समक्ष माफि माग्न चाहन्छु ।’

विभिन्न मिडियामा आफ्ना पूर्व पतिका बिरुद्धमा आक्रोशमा आई लगाएका विभिन्न आरोप समेत झुटा भएको जसुदाले उल्लेख गरेकी छन्  । उनले आफ्नो  नाममा रहेको सम्पत्ति तथा व्यवसायबाट माइति, साथीभाई तथा आफन्तको साथ लिई कारोबार  मिलाउने प्रतिबद्धता व्यक्त गरेकी छन्  । ” उनले आफु पोखरामै रहेको र अहिले आफ्नो पुरानो सम्पर्क नम्बर संचालनमै रहेको समेत जनाएकी छन्।

जसुदाले पोखरा न्यूजसँग कुरा गर्दै समाचारमा उल्लेखित व्यक्ति तथा अन्य केहि कारोवारी व्यक्तिको  पैसा बिस्तारै तिर्दै जाने समेत बताइन । उनले पोखरा न्यूजसँग  आफ्ना आफन्त, विज्नेस पार्टनर सहित नजिकका १०/१५ जना साथीहरुलाई गरी करिब ५/७  करोड रकम तिर्न रहेको बताएकी छन्  ।  व्यक्ति बाहेक आफ्नो सहकारीमा २/३ करोड ऋण रहेको स्वीकार गर्दै जसुदाले सहकारीको ऋण धितोमा भएको र आफ्नो अन्य जग्गा जमिन तथा  जायजेथा रहेकाले बिस्तारै सबै रकम तिर्ने  दाबी गरेकी  छन् ।

उता जसुदाका पुर्व पति सुरेन्द्रमणि पौडेलले जसुदाको आर्थिक कारोवारको बिषयमा केही ठाँउहरुमा आफु धन जमानी  बसेकोले समन्वय गरी मिलाउने पक्षमा आफुँ रहेको बताए । उनले भने – “जसुदाले गरेको आर्थिक कारोवारको बिषयमा मैले  रकम नै दिन  त सक्दिन तर समन्वय गरी मिलाउने पक्षमा लाग्न सक्छु ।”

यो पनि पढ्नुहोस् :-

पोखरामा स्थानीयको करोडौं रकम ठगि गरेर महिला सम्पर्क बिहिन

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button