पोखरा – १८ का वडा अध्यक्ष थापाले नातीलाई बोर्डिङ स्कुलबाट छुटाएर सामुदायिक बिद्यालयमा गरे भर्ना

पोखरा न्यूज – २२, चैत । पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले आफ्ना नाती प्रशन्न थापालाई बोर्डिङ स्कुलबाट छुटाएर सामुदायिक बिद्यालयमा भर्ना गराएका छन्। पोखराको एक बोर्डिङ (मदरल्याण्ड बोर्डिङ स्कुल) मा  कक्षा ६ पास गरेका प्रशन्नलाई छुटाएर वडा अध्यक्ष थापाले आफ्नो घर नजिकको सामुदायिक बिद्यालय शान्त मावि मा  कक्षा ७ मा भर्ना गराएका हुन् ।

आफु जनप्रतिनिधि भएको नाताले यस शैक्षिक सत्र देखि आफ्नो नातीको सामुदायिक बिद्यालयमै भर्ना गरी सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गराउन पनि सामुदायिक बिद्यालयमा भर्ना गराएको वडा अध्यक्ष थापाले बताए । शुक्रबार बिद्यालयमा वडा अध्यक्ष थापा, प्रशन्नका बाबु शिव थापा सहितको टोलीले बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष भरत प्रसाद तिमिल्सिना, प्राचार्य बिष्णु भट्टराईको उपस्थितीमा वडा अध्यक्ष थापाले नातीको भर्ना गरेका हुन्। वडा अध्यक्ष थापाले सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुको सङख्या घट्दो रुपमा रहेकोले आफ्ना आफन्तबाट सुरुवात भएमा केहि सामुदायिक बिद्यालयलाइ प्रोत्साहन हुने उद्धेश्यले आफनो नातीको सामुदायिक बिद्यालयमा भर्ना गराएको बताए ।

बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष तिमिल्सिनाले निजी बिद्यालयबाट आफ्नो बिद्यालयमा आउने बिद्यार्थीहरुलाई आफुहरुले हृदय देखि स्वागत गर्ने बताए । निजी बिद्यालयमा सिकेका ज्ञान गुनाका कुरा सामुदायिक बिद्याल्यमा समेत खुलेर आदन प्रदान गर्ने वातावरण दिएको उनले जनाए । आफ्नै घर ठाउँमै सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि भएकोले निजी बिद्यालय भन्दा सामुदायिक बिद्यालयमा आफुहरुले भर्ना गराउन लागेको प्रशन्नका बाबु शिव थापाले बताए । उनले भने “ निजी बिद्यालयमा हामीले गरेको आर्थिक लगानी सामुदायिक बिद्यालयमा केहि प्रतिशत मात्र गर्दा पनि सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि हुन्छ । ” शुक्रबार स्टेप वाई स्टेव स्कुलका राजिप थापा समेत उक्त सामुदायिक बिद्यालयमा भर्ना गर्न पुगेका थिए । उनी कक्षा ८ मा भर्ना गरेका हुन्।

२०४९ सालमा स्थापना भएको बिद्यालयमा हाल नर्सरी देखि प्लस टु सम्म ३ सय ७६ जना बिद्यार्थीहरु रहेको प्राचार्य भट्टराइले बताए । गत बर्ष बिद्यालयमा ३ सय ६१ जना बिद्यार्थीहरु रहेका थिए । यसै बर्ष देखि बिद्यालयले पोखराको हल्लनचोक देखि पामेसम्म स्कुल बस सेवा संचालन गर्ने भएको प्राचार्य भट्टराईले जनाए । बिद्यालयमा हाल अगेंजी माध्यमबाट पठन पाठन हुने गरेकोछ । यस बर्ष कम्तिमा ५० जना नयाँ बिद्यार्थीहरुलाई बिद्यालयमा स्वागत गर्ने गरी भर्ना अभियान अन्र्तगत बिहान ८ बजे देखि दिउसो १ बजेसम्म हुने भएको प्राचार्य भट्टराईले जनाए । भर्ना अभियान कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव दीननाथ बरालले सामुदायिक बिद्यालय हाल संकटमा परेकोले त्यसको संरक्षणमा स्थानियहरु नै जागरुक हुनु पर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button