पोखरा तर्फ आउदै गरेको भ्यान र दमौली जाँदै गरेको ट्याक्सी ठोकिए, पोखराका १ सहित ४ घाइते

पोखरा न्यूज – २२, चैत । पोखरा तर्फ आउदै गरेको पिकअप भ्यान र दमौली तर्फ जाँदै गरेको ट्याक्सी  ठक्कर खादा ४ जना घाइते भएका छन् ।

शुक्रवार तनहुँको  म्याग्दे गाउँपालिका – १ बरचौरमा दमौलीबाट पोखरा तर्फ आउदै गरेको बा ६ च २९६ नम्बरको पिकअप भ्यान र बिपरित दिशाबाट आउदै गरेको ग १ ज १८१९ नम्बरको ट्याक्सी  एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो ।

दुर्घटना  परी ४ जना घाइते भएको ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी प्रहरी प्रवक्ता गोबिन्द पुरीले जानकारी दिएका छन् । पुरीका अनुसार दुर्घटनामा परी पोखरा -१० का  ४५ बर्षीय ट्याक्सी चालक ढाकाराम सापकोटा, ट्याक्सिमा सवाररत चितवन खैरेनीटार नगरपालिका-८ का  ४६ बर्षीय देउ बहादुर पुन, ४५ बर्षिया बुद्धिमाया पुन तथा ४० बर्षिया राजकुमारि पुन घाइते भएका छन् ।

ट्याक्सि चालकको अवस्था  सामान्य रहेको र अन्य ३ जनालाई उपचारका लागी चितवन पठाइएको प्रहरीले जनाएको  छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button