८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिद्धारा गर्ने तयारी

गण्डकी प्रदेशलाई एकै दिनमा ४ स्वर्ण

पोखरा न्यूज– ०४ बैशाख । राष्ट्रपति बिद्यादेवी भण्डारीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहिबार एक समारोहका बिच उद्घाटन गर्ने भएकी छन्।

नेपालगञ्जमा संचालन भएको उक्त प्रतियोगिताको औपचारिक राष्ट्रपति भण्डारीले गर्ने गरी सम्पूर्ण तयारी पूरा गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा बाँकेमा हाल अनौपचारिक रुपमा संचालन भएको उक्त प्रतियोगिताको औपचारिक उद्घाटन भने बिहिबार साँझ ५ः३० बजे करिब दश हजार दर्शक माझ राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको उनले बताए । उद्घाटन सत्र कार्यक्रममा ५ हजार खेलाडी र प्रदेश ५ का खेलकुदकर्मीसहित ५ हजार गरी करिब १० हजारको सहभागिता हुने भएको सदस्य सचिव विष्टले बताए ।

यही वैशाखको ५ देखि ११ गतेसम्म नेपालगञ्जका विभिन्न स्थानमा हुने प्रतियोगितामा सात वटै प्रदेश, तीन विभागीय नेपाली सेना, नेपाल पुलिस, सशस्त्र प्रहरी बल र पहिलो पटक सहभागि भएको एनआरएनको गरी ११ टिमको सहभागिता रहेको छ । उक्त खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल, रेफ्री र संघ प्रतिनिधि गरी करिब ११ हजारको सहभागिता रहेको राखेपले जनाएको छ । उक्त प्रतियोगितामा सहभागिताका लागि ५ हजार २ सय ११ जना खेलाडीहरु ३५ वटा खेलमा सहभागिता जनाउने भएको सदस्य सचिव विष्टले जानकारी दिए ।

त्यसैगरी, अमेरिका र अष्ट्रेलिया सहित सात देशबाट पहिलो पटक सहभागी एनआरएन टिमबाट व्यक्तिगत स्पर्धामा ९ वटा खेलमा २५ जना खेलाडीहरुले सहभागिता जनाउँदै छन् । आठौं राष्ट्रिय खेलकुदप्रतियोगिता १३ औं दक्षिण एसियाली खेलकुद साग गेमको लागि तयारी समेत रहेको सदस्य सचिव विष्टले बताए । उनका अनुसार ८ औं राष्ट्रिय खेलमा सहभागि खेलाडीहरुलाई स्वास्थ्य र दुर्घटना विमा गराइने भएको छ ।

अर्थ मन्त्रालयसंग बजेटको माग गरेको बताउदै उनले राष्ट्रिय खेलमा सहभागि सम्पूर्ण खेलाडीहरुलाई स्वास्थ्य र दुर्घटना बिमा आजिवन गराउने योजना रहेको खुसला गरे । उनले भने, ‘बाकेमा राष्ट्रिय प्रतियोगितामा राजधानी बाहिर १ अर्ब लगानी भएको, अध्याधुनिक भीआइपी प्यारापिट निर्माणले नेपालगञ्जको मुहार नै फेरिएको छ ।’
हालसम्म प्रतियोगिताको ११ वटा खेलहरु सम्पन्न भइसक्दा विभागीय टोलीको वर्चस्व रहेको छ ।

गत चैतको २७ गतेदेखि अनौपचारिक रुपमा शुरु भएको केही खेलहरु नेपालगञ्ज लगायत कास्कीमा सम्पन्न भइसकेको छ । यही वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रतियोगिताको समापन फुटवल खेलबाट गर्ने भएका छन् ।

यस प्रतियोगितामा एकलतर्फ स्वर्ण पदक ल्याउने खेलाडीलाई जनही १५ हजार र नयाँ रेकर्ड तोड्नेलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने भएकोे सदस्य सचिव विष्टले जनाए । अघिल्लो बर्षमा एकल तर्फको स्वर्ण पदकधारी खेलाडीलाई १० हजार प्रदान गरिएको थियो । कुनै पनि राजनीतिक दललाई खेलकुदको कार्यक्रमको अवसरमा बन्द हड्ताल नगर्न विष्टले आग्रह गरे । विप्लव माओबादीको वन्दको दिनमा हुने उद्घाटन सत्रमा आफुहरुले सुरक्षा कडा पारिने उनले जनाए ।

प्रतियोगिताको उद्घाटन हुने स्थल नेपालगन्जको भिआईपि प्यारापिट निमार्णमा केही घण्टा बाँकी छदा पनि हतार हतारमा टायल देखि प्यारापिट निमार्णको काम धमाधम भइ रहेको थियो ।  हालसम्मको भएको स्वर्ण स्पर्धामा भएको खेलमा नेपाली सेना अग्र स्थानमा रहेको छ । नेपाली सेनाले २५ स्वर्ण, २३ रजत, १९ कास्ष् सहित ६७ पदकका साथमा अग्र स्थानमा रहेको हो । त्यसै गरी नेपाल पुलिसले १७ स्वर्ण, १४ रजत र १६ कास्य गरी ४७ पदका साथमा दोश्रो स्थानमा रहेको छ ।

अर्को विमागिय एपिएफले १२ स्वर्ण, ११ रजत र २० कास्य पदक सहित ४३ पदको साथमा तेश्रो स्थानमा रहेको छ । ७ वटा प्रदेश मध्य अग्र स्थानमा रहेको प्रदेश नम्बर ३ ले ७ स्वर्ण ११ रजत र २९ कास्य सहित ४७ पदक ल्याउदै चौथो स्थानमा रहेको छ ।

गण्डकी प्रदेशले बुधबारको खेलमा एकै दिनमा ४ स्वर्ण पदक ल्याउदा प्रदेशमा दोश्रो र टिम तर्फ पाचौं स्थानमा रहेको छ । त्यसै गरी प्रदेश नम्बर २ ले ६ स्वर्ण, ६ रजत र ४ कास्य सहित १६ पदकको साथमा छैटौं स्थानमा रहेको छ । सुदुर पश्चिम प्रदेशले ६ स्वर्ण, ५ रजत र ११ कास्य पदक सहित २२ पदकको साथमा सातौं स्थानमा रहेको छ ।प्रदेश नम्बर ५ ले ४ स्वर्ण, ७ रजत र १५ कास्य सहित आठौं स्थानमा रहेको छ। प्रदेश नम्बर १ ले ३ स्वर्ण, एनआरएनले एक स्वर्ण पदक ल्याउदा कर्णाली प्रदेशले २ वटा मात्र कास्य पदक ल्याएको छ ।

गण्डकी प्रदेशले बुधबार फुल कन्ट्याक राँते तर्फ ४ स्वर्ण ३ रजत र २ कास्य सहित ९ पदक ल्याएको प्रशिक्षक सुवास खड्काले जनाए । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले गण्डकी प्रदेशका ह्याण्डवल तथा भलिवल खेलाडीहरुसंग भेटघाट गरी कुनै समस्या आएमा आफुलाई जानकारी गराउन आग्रह गरे ।

उद्घाटन सत्रमा सहभागि टिमहरुले मार्च पास गर्ने भएका छन भने गण्डकी प्रदेशको तर्फबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी मन्जु गुरुङको नेतृत्वमा मार्च पास हुने भएको हो । टोली पश्च्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठको नेतृत्वमा नेपालगन्ज आएको हो । केही खेलका खेलाडीहरु खेल सकिएसंगै त केही पराजित भएसंगै आफ्नो गन्तव्यमा फर्किन थालेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button