आइटिएफ तेक्वान्दोबाट गण्डकी प्रदेशलाई ३ रजत

पोखरा न्यूज – ०७, वैशाख । नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आइटिएफ तेक्वान्दोबाट गण्डकी प्रदेशले ३ वटा रजत पदक हात पारेको छ ।

प्रशिक्षक प्रतिक घर्तीमगरका अनुसार सुस्मीता थापा, वसन्ती थापा र महिला समुह तर्फ दोश्रो हुदै रजत पदक हात पारेका हुन्। महिला टिममा मसिना तामाङ, स्नेहा तामाङ, सुस्मिता थापा, सृजना थापा र अनुष्का बुढा रहेका थिए ।

गण्डकी प्रदेशका खेलाडीहरुले विभिन्न ठाउँमा भएको खेलमा उत्साहजनक रुपमा सहभागिता जनाएको पशिचमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । खुल्ला तर्फ हुने आर्चरी, वडिविल्डिङ र ट्रायथलन तर्फको मेडलको कुनै टिमका गणना नहुने उनले जनाए ।

नेपालगन्जको रंगशाला परिसरमा सुटिङ र उसुको खेल जारी रहेको छ । शनिबार सुटिङतर्फ महिला तथा पुरुषको एयर राइफल र एयर पेस्तोलको पहिलो चरणको खेल भएको ओलम्पियन भगवती केसीले बताइन् । उनका अनुसार महिला पुरुषका ८ जना खेलाडीहरु प्रतियोगितामा सहभागि भएका छन्। त्यसै गरी गण्डकी प्रदेशबाट उसु तर्फ थाउलो र सानसौ गरी महिला तथा पुरुषका २२ जना खेलाडीहरु सहभागि भएको प्रशिक्षक दिल बहादुर किसानले बताए । शनिबार क्वाटरफाईनलका खेलहरु भएका छन्।

त्यसै गरी नेपाल प्रहरीको तालिम केन्द्रमा भएको आर्चरी प्रतियोगितामा कास्कीका खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेका छन्। उक्त प्रतियोगितामा कास्कीले कम्तिमा ४ वटा स्वर्ण पदक ल्याउने प्रमुख निर्णायक योगेन्द्र शेरचनले बताए । पुरुष एकल तर्फ आर्मीका तवीन गुरुङ र काठमाण्डौंको वेस आर्चरीका प्रन्जल राई फाईनलमा प्रवेश गरेका छन्। सोहि इभेन्टको महिला तर्फ अन्नपूर्ण आर्चरी क्लव कास्कीकी अर्चना थापा र अन्नपूर्णकै अनुसा गुरुङ फाईनलमा प्रवेश गरेकाछन्।

स्ट्याण्डर पुरुष समुह तर्फ आर्मी र वेस आर्चरी फाइनलमा प्रवेश गरेका छन्। ३० मिटरको दुरीमा महिला समुह तर्फ अन्नपूर्ण आर्चरी क्लबर कन्चनपुर आर्चरी क्लब फाइनलमा प्रबेस गरे । मिक्स टिम तर्फ अन्नपूर्णका राजकुमार छन्त्याल र अर्चना थापाको जोडी फाईनलमा पुग्दा आर्मीका तविन गुरुङ गुरुङ र मन्वु बजगाइ फाइनलमा पुगेका हुन् । ७० मिटर रिकभ खुल्ला एकल तर्फ कास्कीका आशिम शेरचन र मुकेस तामाङ फाइनलमा प्रवेश गरे भने महिला तर्फ आर्मीकी ज्ञानु अवाले र आर्मीकै मित्र राइ फाईनलमा यात्रा बनाएका हुन् । पुरुष एकल ५० मिटर तर्फ जाग्रित गुरुङ र राजेश राना फाइनलमा प्रबेश गरे । टिम रिकभ पुरुष तर्फ कास्की र नेपाल पुलिस फाईनलमा प्रवेश गरे । रिकभ मिक्स टिममा आर्मीका रोसन नगरकोटी र ज्ञानु अवालेको जोडी तथा आर्मीका डम्बर थापा र आयिषा तामाङ फाइनलमा प्रवेश गरे ।

त्यस्तै पुरुष तर्फ भएको फुटबल खेलमा एपिएफसंग गण्डकी प्रदेश २–१ ले पराजित भएको प्रशिक्षक शम्भु केसीले बताए । गण्डकी प्रदेशले लिग चरणका दुई खेलमा पराजित एकमा बराबरी खेलेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button