राष्ट्रिय खेलकुद: पौडीमा एपिएफ र आर्मीका खेलाडीद्धारा नयाँ रेकर्ड कायम

पोखरा न्यूज – ०९, वैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडीतर्फ आर्मीकी गौरीका सिंह सहित तीन जनाले नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका छन्। एपिएफले भने दुई वटा नयाँ  रेकर्ड कायम गर्न सफल भएको हो ।

नेपालगन्ज स्थित होटलको पौडी पोखरीमा आयोजना भएको प्रतियोगितामा एपिएफका शुभम श्रेष्ठ र तेन्जीङ एन.आर. गुरुङले नयाँ राष्ट्रिय रेकर्ड कायम गर्दा  भित्रुवन आर्मीकी गौरीका सिंहले पनि नयाँ  रेकर्ड सफल भएकी हुन्।

त्रिभुवन आर्मीकी गौरीका सिंहले आफ्नै नाममा रहेको रेकर्डमा सुधार गरेकी हुन् । ५० मिटर व्याक स्ट्रोक महिला तर्फ उनले ३०ः८५ सेकेण्डमा उक्त दुरी पार गरी रेकर्ड तोड्न सफल भएकी हुन्। उनले यस अघि उक्त दुरी ३१ः२२ सेकेण्डमा पार गरेकी थिइन ।

आइतबारदेखि सुरु भएको पौडी प्रतियागितामा पहिलो दिनको खेलमा आर्मीैले ४ स्वर्ण, एपिएफ र एनआरएनले समान २/२ स्वर्ण पदक जितेका हुन् ।

एपिएफका श्रेष्ठले पुरुष एक सय मिटर ब्रेसस्ट्रोकमा आफ्नै नममा रहेको रेकर्ड तोड्न सफल भएका हुन् । उनले १ मिनेट ८ः३४ सेकेण्डको रेकर्डलाइ १ मिनेट ८ः१५ सेकेण्डमा दुरी पार गरी आफ्नो रेकर्डमा सुधार गरेका हुन्।

त्यसै गरी एपिएफकै ५० मिटर व्याक स्ट्रोकमा गुरुङले मिराज प्रजापतीको नाममा रहेको रेकर्ड तोड्न सफल भए । प्रजापतिले उक्त दुरी ३४ः१३ सेकेण्ड पार गरेको रेकर्ड कायम भएकोमा गुरुङले ३२ः८१ सेकेण्डमा उक्त दुरी पार गरी नयाँ रेकर्ड कायम गर्न सफल भएका हुन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button